site stats
बाह्रखरी :: Baahrakhari
Techno ad bannerTechno ad banner
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
एन्फा कार्यसमितिमै बोल्न दिन गणेश थापाको माग
SkywellSkywell

काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले पुस २२ गते बस्ने एन्फा कार्यसमिति बैठकमा आफ्नो व्यक्तिगत धारणा राख्न पाउनुपर्ने भन्दै अध्यक्ष कर्माछिरिङ शेर्पासँग अनुरोध गरेका छन् । 

मंगलबार थापाले एन्फामा बुझाएको पत्रमा सात वर्षदेखि शेर्पाको नेतृत्वमा आफूमाथि निराधार आरोपहरूका कारण एक खेलाडी र व्यवस्थापकका रूपमा इमान्दारीपूर्वक गरेका काममाथि भ्रम सिर्जना भएको बताएका छन् । थापाले त्यसबाट आफू र आफ्नो 'परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको' दाबी पनि गरेका छन् ।

थापाले आफूमाथि लगाएका आधारहीन आरोपहरूबारे संघको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु आफ्ना लागि अनिवार्य बनेको बताए । 

Dabur Nepal
NIC Asia

थापा फिफाबाट १० वर्षका लागि कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्धित छन् । तर पनि उनले एन्फा कार्यसमिति बैठकमा गएर स्पष्टीकरण दिन प्रतिबन्धले नरोक्ने दाबी गरेका छन् । 

थापाले शेर्पालाई लेखेको पत्र:-

श्री कर्मा छिरिङ शेर्पा ज्यू, अध्यक्ष, अखिल नेपाल फुटबल संघ, सातदोबाटो, ललितपुर

विषय व्यक्तिगत धारणा राख्ने सम्बन्धमा ।

मैले एउटा खेलाडी, राष्ट्रिय टोलीको कप्तान र एन्फा अध्यक्षको रुपमा रहेर लामो समय नेपाली फुटबलमा सेवा गरेको विधितै छ । म अखिल नेपाल फुटबल संघको अध्यक्ष हुँदा यहाको नेतृत्वमा ममाथि लिखित रुपमै विभिन्न निकायमा थुप्रै निराधार आरोपहरू लगाउनुभएको थियो ।

तर तपाईले लगाएका आरोपहरुमाथि संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर अखिल नेपाल फुटबल संघमाथि गरेको छानविनपश्चात सफाई दिएको विषय संघ र यसका पदाधिकारीलाई जानकारी भएकै हो । स्वयम यहाँले निवर्तमान अध्यक्ष श्री नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संघको कार्यकारिणी समितिको बैठकमा संवैधानिक आयोगको निर्णय स्वीकादे 'विगतमा ममाथि लगाएका सबै आरोपप्रति आत्मालोचना गर्नुभएको थियो। जसलाई मैले सहजताका साथ लिएको थिए। तर तपाईले तत्कालै 'मैले बोलेको होइन' भन्दै संघको जिम्मेवार कार्यकारिणी समितिको औपचारिक बैठकमा बोलेका कुरा फिर्ता लिनुभयो ।

विगत सात वर्षदेखि यहाँले लगाउनुभएका निराधार आरोपहरुका कारण मैले एउटा खेलाडी र व्यवस्थपकका रुपमा इमान्दारीपूर्वक गरेका काममाथि भ्रम सिर्जना भएको छ । यसबाट म र मेरो परिवारमा अत्यन्तै गहिरो गरी मानसिक आघात पुगेको छ ।

मैले तपाई अखिल नेपाल फुटबल संघको अध्यक्षमा निर्वाचित भएदेखि पनि बारम्बार ममाथि लगाइएका आरोप प्रमाणित गर्न बा आत्मालोचना गर्न अनुरोध गरेको थिए त्यसलाई तपाईले पूर्ण रुपमा बेवास्था मात्र गर्नुभएन, यप आधारहिन भ्रमहरुको सिर्जना गरेर मेर थप चरित्र हत्याको प्रयास गर्नुभयो ।

यही कारण २०७८ साल पुस २२ गते बस्न लागेको संघको कार्यकारिणी समितिको बैठकमा मलाई आफ्ना धारणा राख्नका निमित्त अवसर मिलाइदिनुहुन यो अनुरोध पत्र लेख्दैछु। तपाईले लगाएका आधारहिन आरोपहरुबारे संघको कार्यकारिणी समितिमा कुरा राख्दै कार्यकारिणी समितिमार्फत आम जनमानसलाई जानकारी गराउनु मेरा लागि अनिवार्य बनेको छ ।

म हाल फिफाबाट फुटबलमा प्रतिबन्धित भएता पनि यो कुनै फुटबलको गतिविधि नभएको र मेरो नितान्त व्यक्तिगत विषय भएकाले संघको कार्यकारिणी समितिको बैठकमा मेरा धारणा राख्नका निमित्त यहाले अवसर मिलाइदिनुहुने विश्वास राखेको छु।

तपाईको जानकारीको लागि मलाई फिफाबाट गरिएको कार्बाही तपाईका आरोपका आधारमा नभई एसियाली फुटबल महासंघका तत्कालिन अध्यक्ष मोहम्मद बिन हमामले गरेको पारिवारिक सहयोगको विषयमा कन्फ्लिक्ट अफ इन्टरेस्ट शीर्षकमा भएको हो । मैले अहिले राख्न खोजेको विषय फिफासँग सम्बन्धित नभई तपाईले समाथि लगाउनुभएका निराधार आरोपहरुको विषयमा मात्र हो ।

अन्तमा, तपाईले लगाएका आरोपहरु प्रमाणित भएमा म जुनसुकै सजाय भाग्नको निमित्त तयार रहेको पुनः जानकारी गराउँछु । अन्यथा एन्फाको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ अनुसार एउटा निर्दोष व्यक्तिलाई विना आधारको आरोप लगाएको कारण तपाई स्वयम् कार्बाहीको भागिदार बन्नु पर्नेछ ।

गणेश थापा
पुर्व अध्यक्ष,
अखिल नेपाल फुटबल संघ
मिति २०७८-०९-२०

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  २०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro