देश
काठमाडौं । कोभिड १९ विरुद्धको फाइजर खोप दिनका लागि प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको छ । कतार एयरलाइन्सको नियमित उडानमार्फत् आज दिउँसो सिरिन्ज नेपाल आइपुगेको हो ।
फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप पाउन सकेका थिएनन् ।
सिरिन्ज आएपछि केही दिनभित्रै ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८ १५:४६
प्रतिक्रिया दिनुहोस्