देश
![सरकारले १० दिनभित्र ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने](https://12khari.top/uploads/posts/Vaccinne Nepal Khop (11)1629479428.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । ११ देखि १७ वर्षसम्मका बालबालिकाका लागि दिइने भनिएको फाइजर खोप कार्यक्रम सरकारले १० दिनभित्र सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई दिने भनी रोकिएको फाइजर खोप कार्यक्रम १० दिनभित्र सुरु गरिने भएको हो ।
स्वास्थ्यसचिव डा. रोशन पोख्रेलकाअनुसार फाइजर खोपका लागि आवश्यक पर्ने ०.३ एमएलको सिरिन्ज आइपुगिसकेको छ भने घोलक जनवरी ४ तारिकमा आउनेछ ।
सिरिन्ज र घोलक आइनपुग्दा काठमाडौं उपत्यकासहित आठ जिल्लामा आजदेखि दिने भनिएको खोप कार्यक्रम तत्तकाललाई स्थगित भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८ १७:२९
प्रतिक्रिया दिनुहोस्