site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनादेखि विभागमै थन्कियो १४ लाख स्मार्टकार्ड, किन सुरु भएन छपाइ ? 

काठमाडौं । यातायात व्यवस्था विभागले खरिद गरेको १४ लाख स्मार्टकार्ड आएको एक महिना भइसके पनि छपाइ सुरु भएको छैन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु नहुँदा लामो समयदेखि प्रतिक्षारत सेवाग्राहीले लाइसेन्स पाएका छैनन् ।
  
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे प्रक्रिया पूरा गरेर मात्रै छपाइ सुरु गर्नुपर्ने भएकाले केही ढिलो भएको बताउँछन् । ‘‘पुनः लाइसेन्स छपाइ र वितरणमा समस्या नआउने गरी तयारी गरिरहेका छौँ । अबको केही दिनमै लाइसेन्स छपाइ सुरु गर्छौँ । छाप्नुअघि पूरा गर्ने प्रक्रिया अझै पूरा भएको छैन,” महानिर्देशक घिमिरेले भने । 

विभागका अनुसार अबको केही दिनमा दैनिक १० हजार स्मार्ट लाइसेन्स छपाइ सुरु गरिनेछ । १० लाखभन्दा धेरै सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् । यस अघि विभागमा स्मार्टकार्ड अभाव हुँदा छपाइ रोकिएको थियो ।

पहिला खरिद गरिएका स्मार्टकार्ड सकिएपछि विभागले गत वर्ष टेण्डर आह्वान गरेको थियो । टेण्डर आह्वानपछि विभागले नेपाल फ्रान्स संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको थियो । विभाग र निर्माण कम्पनीबीचको सम्झौता बमोजिम तीन महिनामा १४ लाख स्मार्टकार्ड उपलब्ध गराउनुपर्ने थियो । तर, कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै कार्ड ल्याउन नसकिएको विभाग बताउँदै आएको थियो । 

सम्झौताको एक वर्ष पछि मात्रै कम्पनीले विभागलाई स्मार्टकार्ड उपलब्ध गराएको थियो । उक्त स्मार्टकार्ड गएको मंसिर ८ गते बुधबार भन्सारमार्फत कार्ड विभागमा आइपुगेको थियो । 

विभागले त्यसपछि स्मार्टकार्ड टेष्टका लागि स्याम्पल कार्ड पठाएको थियो । अहिले उक्त स्याम्पल कार्डको सफ्ट रिपोर्ट आएको महानिर्देशक घिमिरेले बताए । ‘‘स्मार्टकार्डको स्याम्पल टेष्टको सफ्ट कपी विभागमा आएको छ । अहिले हार्ड कपीमा टेष्ट रिर्पोट लिइरहेका छौँ । उक्त हार्डकपीको टेष्ट रिपोर्ट आउने वित्तिकै लाइसेन्स प्रिन्ट सुरु गर्छौँ,” उनले भने । 

विभागले हाल ड्राइभिङ पेसामा विदेशिने, विद्यार्थीलगायत अत्यावश्यकका चालकहरुलाई मात्रै लाइसेन्स वितरण गरिरहेको छ । 

पहिले स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर भारतीय कम्पनी मुद्रास सेक्युरिटी पे्रेस प्रिन्टर्सको नियन्त्रणमा थियो । उक्त सफ्टवेयर विभागको नियन्त्रणमा ल्याइएको पनि महानिर्देशक घिमिरेले बताए । उनले अब स्मार्ट लाइसेन्स छाप्ने सफ्टवेयर विभागको नियन्त्रणमा चल्ने भएकाले पनि छपाइमा प्राविधिक समस्या कम हुँदै जाने बताए । 

वर्षौंदेखि सेवाग्राहीले लाइसेन्स नपाएकाले १४ लाख स्मार्ट कार्डले सबैलाई पुग्दैन । विभागले सबै स्मार्टकार्ड वितरण सकाएर पुनः टेण्डर आह्वान गरिने जनाएको छ । यद्यपी, स्मार्टलाइसेन्स खारेज नहुने पनि महानिर्देशक घिमिरेले स्पष्ट पारे । 

‘‘स्मार्ट लाइसेन्स खारेज हुने होइन । हाल वितरण परीक्षणकालीन लाइसेन्स स्मार्ट लाइसेन्सको विकल्प पनि होइन । परीक्षणकालीन लाइसेन्स भर्खर परीक्षा पास गरेर स्मार्ट लाइसेन्स लिन योग्यलाई दिइने हो । यसले स्मार्ट लाइसेन्सको महत्त्व र अनुशासित र संयमित तरिकाले सवारी हाँक्न सिकाउँछ,” महानिर्देशक घिमिरेले भने ।

अहिलेसम्म करिब १५ लाख आवेदकले नयाँ आवेदन भरेको विभागले जनाएको छ । महानिर्देशक घिमिरे भन्छन्, ‘‘सेवाग्राहीलाईं समयमा लाइसेन्स उपलब्ध गराउन उपत्यकामा ट्रायल सेन्टर थप्ने, परीक्षणकालीन लाइसेन्स वितरण, प्राविधिक समस्या समाधानका उपायाहरु अवलम्बन गर्ने काम भइरहेको छ । यी सबै कुराहरु सुधार गर्न समय लाग्छ । एकैपटक सुधार हुने होइन ।” 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro