site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक थप्पडको बदलामा अरुणको घाँटी रेटेर हत्या !
SkywellSkywell

काठमाडौं । कैलालीको जानकी गाँउपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणको अनुसन्धान जारी छ । गत शनिबार कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियोे । अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव फेला परेको थियो ।

विभत्स हत्यापछि अरुणलाई आफूहरुले मारेको भन्दै मनोज नामका एक व्यक्तिले आफूनिकट एकजनालाई गरेको टेलिफोन संवाद बाहिरिएको थियो । अडियोको अनुसन्धानका क्रममा एक थप्पडको बदला लिन अरुणको हत्या गरिएको आसय व्यक्त गरिएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “अडियोमा थप्पडको कुरा छ । तर, कसले कसलाई हानेको हो खुलेको छैन । तर, थप्पडकै बदला र लागुऔषध लुकाएको बदलामा हत्या गरिएजस्तो देखिन्छ ।”

KFC Island Ad
NIC Asia

अडियोमा मनोजले हत्यापछि आफूहरु भारत बैंङलोर जान लागेको र रुपेडिया बोर्डर पुगेको बताएका छन् ।

सो अडियोमा ‘बक्स’को कुरासमेत उल्लेख छ । प्रहरीले सो बक्स लागुऔषध हुनसक्ने बताएका छन् ।

Royal Enfield Island Ad

प्रहरीले मृतक दासकी श्रीमतीको म्यासेन्जरले हत्यापछि सार्वजनिक भएको अडियो पठाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमल साउद छन् । उनीमाथि अनुसन्धान जारी छ । अनुसन्धानमा संलग्न एक अधिकारिका अनुसार कमलले आफ्नो घरमा लागुऔषध लुकाएर राखेको र सो चोरिएपछि घटना हत्यातर्फ अगाडि बढेको बताएका छन् ।

हत्यामा ६/७ जनाको संलग्नता हुनसक्ने प्रहरी अनुमान छ । भारतीय सुरक्षा निकायसँग समवन्य गरेर अपराधीको खोजी सुरु गरिएको एक प्रहरी अधिकारीले बताए ।  

प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै उनी घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनामा संलग्न सबैको पहिचान भइसकेको कैलाली प्रहरीको दाबी छ । मृतक दाससमेत लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ । उनीहरुले भारतबाट लागुऔषध ल्याएर नेपालमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro