site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेपत्ता भनिएका चन्द्रे कामी आफन्तको घरमा ! यसरी हुँदै छ अनुसन्धान

काठमाडौं । कथित उपल्लो जातकी युवतीसँग विवाह गरेको र एक सातादेखि बेपत्ता रहेको भनिएका हुम्लाको सर्केगाड गाउँपालिका–१, जैर नात्ताका चन्द्रे कामी आज सकुशल फेला परेका छन् ।

चन्द्रेको खोजी गरिरहेको प्रहरी टोलीले खार्पुनाथ गाउँपालिका–५, याङ्चु बजारमा हिँडिरहेको अवस्थामा फेला पारेको हो । घटना तल्लो हुम्लामा घटेको हो भने चन्द्रे माथिल्लो हुम्लामा भेटिएका हुन् ।

चन्द्रेले कथित माथिल्लो जातकी युवतीसँग बिहे गरेकाले युवती पक्षले बेपत्ता पारेको उनको परिवारले दाबी गर्दै आएको थियो । प्रहरीले युवती पक्षसँग लिएको बयानमा चन्द्रेलाई उसैको गाउँ आसपास छोडेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंङ भण्डारीले चन्द्रेको शरीरमा कुनै चोटपटक नदेखिएको र सकुशल भेटिएको बताए । ‘‘युवती पक्षले घटना घटेकै दिन केटाको गाउँतिर छोडेको बयान दिएको थियो । अहिले केटाको अवस्था हेर्दा सामान्य देखिन्छ,” प्रहरी निरीक्षक भण्डारीले भने ।

गएको मंसिर २९ गते राति १२ बजेतिर करिब २० जना युवती पक्षको समूहले चन्द्रेलाई नग्न बनाएर निर्घात कुटपिट गर्दै लगेको परिवारले दाबी गर्दै आएको थियो ।

प्रहरी निरीक्षक भण्डारी भन्छन्, ‘‘चन्द्रेलाई युवती पक्षले छोडिसकेपछि आफ्न्तकोमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । चन्द्रेको अवस्था हेर्दा पनि त्यही देखिन्छ ।”

मंसिर ५ गते सर्केगाड गाउँपालिका–१, जैर नात्ता गाउँका १९ वर्षीय चन्द्रे र मुगुको सोरु गाउँपालिका–४, लिपु्र गाउँकी १९ वर्षीया सुन्तली मल्ल भागेर हुम्लाको रिप गाउँमा पुगेका थिए । उनीहरू सर्केगाड गाउँपालिका–२, रिप गाउँमा लुकीछिपी बसेका थिए । त्यस दिनदेखि युवती पक्षले खोजिरहे पनि भेट्टाएको थिएन । पछि युवती पक्षले केही नगर्ने भन्दै चन्द्रेलाई घर आउन मनाइएको थियो ।

लुकीछिपी बसेको समयमा चन्द्रेले वडा नम्बर–१, जैरका वडाध्यक्ष गोकुल बुढालाई विवाह दर्ताका लागि आग्रह गरेका थिए । तर, वडाध्यक्ष बुढाले उमेर नपुगेकाले विवाह दर्ता गर्न नमिल्ने बताएका थिए ।

कुटपिट घटनापछि चन्द्रेलाई बेपत्ता पारेको आरोप लगाइएको २० जनाको समूह फरार थियो । उक्त समूहमा रहेका युवतीका बुवालाई प्रहरीले गएको सोमबार पक्राउ गरेको थियो ।

प्रहरी निरीक्षक भण्डारीले भने, ‘‘केटालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै छ । त्यसपछि सोधपुछ गरिन्छ । युवती र उनका बुवालाई पनि घटनास्थलमा खटिएको डीएसपीको टोलीले जिल्ला सिमकोटमै ल्याइँदै छ । दुवै पक्ष आइसकेपछि अरू थप सोधपुछ कार्य अगाडि बढाइनेछ ।”

चन्द्रेको परिवारले कुटपिट घटनाको भोलिपल्ट पुस १ गते प्रहरीलाई खबर गरेको थियो । सोही दिन परिवारले स्थानीय डाँडामा चन्द्रेको टिसर्ट फेला पारेको थियो ।

घटनास्थलमा श्रीनगर प्रहरी हुम्ला, सोरुकोट प्रहरी मुगु, सर्केगाड प्रहरी हुम्लाको टोलीले चन्द्रेको खोजी गरिरहेको थियो । पाँच दिनसम्म चन्द्रेको पत्ता नलागेपछि जिल्लाबाट डीएसपीको टोली परिचालन गरिएको थियो । घटनास्थलमा करिब ४० जनाको प्रहरी टोली सक्रिय थियो ।

मुगुको सोरु गाउँपालिकाको एक होटेलमा काम गर्दा चन्द्रेको युवतीसँग भेट भएको बताइएको छ । सोही समयदेखि उनीहरूको प्रेम सम्बन्ध अघि बढेको चन्द्रेको परिवारको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro