काठमाडौं । कोभिड–१९ महामारीको असर झोलेको चेल्सीले आइतबार राती इङ्लिस प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । यससँगै चेल्सीलाई उपाधि होडमा गम्भीर धक्का लागेको छ ।
उल्भरह्याम्पटन भ्रमणमा चेल्सीका फरवार्ड रोमेलु लुकाकु, टिमो वेर्नर, कालुम हड्सन–ओडोई र जर्जिन्हो कोभिड–१९ संक्रमित भएका छन् । त्यस्तै बेन चिलवेल र रुबेन लोफ्टस–चेक घाइते भएका छन् । चेल्सीले उल्भरह्याम्पटनविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो । तर आइतबार बिहान चेल्सीको अनुरोधलाई अस्विकार गरिएको थियो । चेल्सीका प्रशिक्षक थोमस टुचेलले खेल स्थगित नगर्ने निर्णयबाट आफुहरु रुष्ट भएको बताएका थिए ।
बराबरीपछि चेल्सीले १८ खेलबाट ३८ अंक जोडेको छ । जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा ६ अंकले पछाडि परेको छ । चेल्सी दोस्रो स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि छ । लिभरपुलले एक खेल कम खेलेको छ । समान खेलबाट २५ अंक जोडेको उल्भरह्याम्पटन आठौं स्थानमा छ ।