site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी गरिन्छ विना चिरफार मस्तिष्कघातको उपचार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मस्तिष्कघात भन्न बित्तिकै जो कोहीले पनि मस्तिष्कको नसाको शल्यक्रिया सम्झनु स्वाभाविक हो । टाउकोका विभिन्न भागमा शल्यक्रिया गरी लामो समय लगाएर मस्तिष्कसम्बन्धी समस्याको उपचर गर्ने पद्धति अझैपनि धेरै मुलुकमा प्रयोगमा छन् ।

तर, पछिल्लो समय नेपालमा पनि विनाशल्यक्रिया मस्तिष्कघातको उपचार भइसकेको छ । जसलाई 'इन्टरभेन्सनल न्युरो रेडियोलोजी अर्थात् इन्टरभेन्सन सेवा' भनिन्छ ।

के हो न्युरो इनटरभेन्सन विधि ?
व्यक्तिको खुट्टाको नसाबाट तार, जसलाई क्लिनिकल भाषामा 'क्याथेटर' भनिन्छ । यही क्याथेटर छिराएर मस्तिष्कको नसासम्म पुर्‍याएर तारमार्फत् नसामा भएको समस्याको उपचार गरिने पद्धतिलाई न्युरो इन्टरभेन्सन विधि भनिन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभिन्न कारणले मस्तिष्कघात भएका व्यक्तिहरूको उपचारमा यो विधि प्रयोग गरिन्छ । इन्टरभेनसन विधि मस्तिष्कसम्म रक्तसञ्चार गर्ने नसाहरूमा आइपर्ने समस्याको उपचारका लागि प्रयोग गरिन्छ । जसमा रक्तनलीमा रगत जमेर हुने मस्तिष्कघात (इस्किमिक स्ट्रोक), नसा फुलेर वा नसामा रगत जमेर हुने समस्याको उपचार गरिन्छ । नसामार्फत् मस्तिष्कमा पुर्‍याइएको क्याथेटरले व्यक्तिको समस्याअनुसार फरक फरक कामहरू गर्दछ ।

नेपालमा यो उपचार पद्धति सन् २०१९ बाट सुरु भएको थियो । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालबाट मात्रै हालसम्म ७०० जनाले इन्टरभेन्सन सेवामार्फत् उपचार पाइसकेको अस्पतालका डाइग्नोस्टिक एन्ड इन्टरभेन्सनल न्युरो रोडियोलोजिष्ट डा. सुवास फुयाँल बताउँछन् । 

Royal Enfield Island Ad

न्युरो इन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी अन्य शल्यक्रियाको विकल्प हो ? 
न्युरोइन्टरभेन्सन विधि मस्तिष्कसम्बन्धी समस्याको उपचारमा प्रयोग भइरहेको सबैभन्दा पछिल्लो प्रविधि हो । यसभित्र पनि विभिन्न पाँचवटा विधि हुन्छन् । व्यक्तिको समस्या हेरेर यी विधिहरूको प्रयोगबाट उपचार गरिन्छ ।

तर, मस्तिष्कघात वा मस्तिकको नसासम्बन्धी सबै समस्यामा यो विधिमात्रै प्रयोग नहुने अस्पतालका न्युरो सर्जन डा. शिखर श्रेष्ठ बताउँछन् । "कहिलेकाहीँ बिरामीको अवस्था हेरेर टाउकोको शल्यक्रिया गर्नैपर्ने अवस्था पनि आउँछ । त्यस्तो इन्टरभेन्सनसँगै शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ हाइब्रिड उपाय पनि अपनाउनुपर्ने हुन्छ । यी सबै कुरा बिरामीको अवस्थामा भर पर्दछ । उहाँहरू कस्तो समस्या लिएर र समस्या देखिएको कति समयभित्र अस्पताल आइपुग्नुहुन्छ भन्ने कुरा हो," डा. श्रेष्ठले भने ।

कति खर्चिलो छ ?
न्युरो इन्टरभेन्सन विधि अन्य शलयक्रियाको तुलनामा भरपर्दो तर महँगो उपचार विधि हो । यो उपचार विधिबाट बन्द भएको नसा खोल्न दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । यो बिरामीको अवस्थामा भर पर्ने डा. फुयाँल बताउँछन् । त्यस्तै, नसा सुन्निएर फुटेको अवस्थामा  दुईदेखि दस लाखसम्म खर्च हुनसक्छ ।

इन्टरभेन्सन विधिबाट उपचार गर्नुको फाइदा के ? 
मस्तिष्कघात विश्वभर हुने मृत्युको तेस्रो कारण हो भने अपांगताको पहिलो कारण हो । सामान्यतः मस्तिष्कघात भएको २४ घण्टाभित्र उपचार नपाए व्यक्तिमा कुनै न कुन अंगको पक्षघात हुने सम्भावना बढी हुन्छ ।

तर, इन्टरभेन्सन विधिबाट गरिएको उपचारमा व्यक्ति २४ घण्टापछि उपचारमा आइपुग्दा पनि मृत्यु हुने र अपांगता हुने दुवै सम्भावनाबाट टाढा रहने डा. फुयाँलको अनुभव छ । जुन सम्भावना यसअघिका औषधीय र अन्य शल्यक्रियमा बढी रहेको पाइन्थ्यो । तर, नेपालको हकमा मस्तिष्कघातको पहिचान नै ढिलो हुने भएकाले अपांगता र मृत्यु बढी हुने गरेको पाइएको छ ।

उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकै तथ्यांक हेर्ने हो भने मस्तिष्कघातसम्बन्धी समस्या लिएर आउनेमध्ये ७ देखि १० प्रतिशत बिरामीको मृत्यु हुने गरेको अस्पतालको न्युरोसर्जन श्रेष्ठ बताउँछन् ।

कसरी जोगिने मस्तिष्कघातबाट ?
मस्तिष्कमा रगत पुर्‍याउने रक्तनलीमा विभिन्न कारणले अवरोध भए वा रक्तनली फुट्न पुगेमा मस्तिष्कघात हुन्छ । यसरी हुने रक्तसञ्चारको अवरोधले गर्दा प्रत्येक २ मिनेटमा २० लाख कोषिका मर्ने गर्छन् । यसै हिसाबले २४ घण्टासम्म उपचार नपाए सबै कोसिकाहरू मर्ने गर्दछन् । परिणामस्वरूप व्यक्तिको मृत्यु वा अपांगता हुनसक्छ । तर, २४ घण्टाभित्र उपचार पाएका अधिकांश व्यक्तिको उपचार सम्भव हुने विशेषज्ञहरू बताउँछन् ।

सामान्यतः मस्तिष्कघातका लक्षणहरू केही ढिलो थाहा हुने प्रकारका हुन्छन् । तर, यीमध्ये कुनैपनि लक्षण देखापरे बिरामीलाई तुरुन्त उपचारमा लैजान विशेषज्ञहरू सुझाउँछन् ।

– शरीर सन्तुलन नुहनु, रिंगटा लाग्नु,

– एक्कासी आँखा धमिलो देख्नु,

– अनुहारका विभिन्न भागहरू बांगिनु,

– हातखुट्टा लुलो हुनु,

– बोली लरबराउनु ।

यीमध्ये कुनैपनि लक्ष्ण ५० वर्ष नाघेका, उच्च रक्तचाप भएका, तनावपूर्ण जीवनशैली जिउने व्यक्ति, परिवारमा मस्तिष्कघात भएका मधुमेहका बिरामी, धुम्रपान मद्यपान सेवन गर्ने व्यक्ति लगायत जो कोहीलाई पनि हुनसक्छ । मस्तिष्कघातमा जति चाँडो उपचार त्यति नै राम्रो परिणाम आउने गर्दछ । त्यसैले भन्ने गरिन्छ, 'टाइम इज ब्रेन' ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro