राजनीति
![आदिवासी जनजातितर्फ ३५७३ मत गन्दा भीष्मराजको २०४६, विकाशको १४७६ मत](https://12khari.top/uploads/posts/Mat Ganana 111639668130.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । कांग्रेस सहमहामन्त्रीको जारी मत गणनामा आदिवासी जनजातितर्फ शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बे लगातार मतान्तर बढाउँदै गएका छन् । तीन हजार ५७३ मत गणना हुँदा उनले २०४६ मत ल्याएका छन् ।
उनका प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामाले १४७६ मत ल्याएका छन् । जुन आङदेम्बेभन्दा ५७० मतले पछाडि हो ।
आदिवासी जनजातितर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ २१:१३
प्रतिक्रिया दिनुहोस्