राजनीति
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि अहिले दोस्रो चरणको मतदान भइरहेको छ । सोमबार भएको मतदानमा कुनै पनि उमेदवारको ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान भएको हो ।
राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा मतदातालाई प्रभावित पार्न सभापतिका उमेदवारद्वय शेरबहादुर देउवा र डा. शेखर कोइराला मतदानस्थलमा नै छन् । उनीहरू अन्य नेताहरूसहित भोट मागिरहेका छन् ।
देउवासँग नेताहरू प्रकाशमान सिंह, प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, गोपालमान श्रेष्ठ रहेका छन् । त्यस्तै कोइरालासँगै उनलाई जिताउन नेताहरू गगन थापा, धनराज गुरुङ लगायत छन् ।
दोस्रो चरणमा भइरहेको मतदान साँझ आठ बजेसम्ममा सक्ने अनुमान निर्वाचन समितिको रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ १८:१२
प्रतिक्रिया दिनुहोस्