site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
कांग्रेसकै भरोसामा कम्युनिस्टहरु !

काठमाडौंको मौसम चिसिदै गए पनि नेपालको पुरानो पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशनले राजनीति तताएकोछ । भृकुटीमण्डपमा भएको उद्घाटन समारोहले स्पष्ट संकेत दिएकोछ नेपालको राजनितीकाे ‘मियाे’ कांग्रेस नै हो । 

ओलीदेखि माधव, पुष्पकमल वा सिपी सबैको समारोहमा देखिएको उपस्थिति र उनीहरुले नेपालको भावि राजनितीमाथि गरेको टिप्पणीलाई गहिरो अध्ययन गर्ने हो भने कांग्रेसको नारा ‘हामी भित्रको म’ लाई सार्थक बनाएकोछ । 

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा एउटै मञ्चमा बस्न नसकेका र न समेटिएका कम्युनिस्टहरूलाई कांग्रेसले नै दायाँ र बायाँ बसायो । कम्युनिस्टहरुले दन्तबजानका लागि समेत अन्ततः कांग्रेसकै मञ्च चुने ।

KFC Island Ad
NIC Asia

यसैबाट स्पष्ट हुन्छ ‘मियोविना दाइँ हुँदैन’ । बिग्रेको राजनीति, बाटो बिराएको विकासलाई ‘मियो’ बनेर उभिनुपर्ने जिम्मा देशको पुरानो पार्टी, देशको हरेक संकटमा नेतृत्व गरेको पार्टी कांग्रेसकै रहेको पुष्टि यसले पनि गरेकोछ ।

हुन पनि स्थापनाकाल देखिनै एकले अर्कोलाई सत्तोसराप गर्नमा माहिर कम्युनिस्टहरुले कांग्रेसले जुटाइदिएको मञ्चमा पनि एकले अर्कोलाई होचो देखाउन हिचकिचाएनन् । कांग्रेसका नेता कार्यकर्तालाई पो ‘केलाई भन्दा देख्नेलाई लाज’ भनेजस्तो भएकाे देखिन्थ्यो । 

Royal Enfield Island Ad

महाधिवेशन उद्घाटन समारोहमा संघारमा उभिएको स्थानीय चुनाव र नजिकिँदै गरेको संघीय चुनाबबाट त्रसित कम्युनिस्टहरुले आफ्नो साख जोगाउने आशाको केन्द्र कांग्रेस भएको ठानेर साथ र भरकाे भिख मागे । 

उता त्यही मञ्चमा कांग्रेसका नेताहरुले उद्घोष गरे - महाधिवेशनपछि पार्टीले एक ढिक्का भएर आउँदो चुनावबाट स्थानीयदेखि केन्द्रसम्म सरकार बनाउनेछ र देशको विकासको नेतृत्व गर्नेछ ।  

कांग्रेसका नेताहरुले आउँदो चुनावमा कांग्रेस एक्लै जानसक्ने बहस गरिरहेको अवस्थाबाट त्रस्त पुष्पकमल दाहालले ‘आजको सत्ताको यो सफलता गठबन्धनबाट नै भएको र यो एकतालाई टुटाउने हो भने अबको यात्रा ओरालो तिर हुने’ हुदाँ गठबन्धनमै चुनावमा जानुपर्नेमा जोड दिएका थिए ।

प्रचण्डले भनेको यो ओरालोको बाटो भने सायद कांग्रेसको नभएर उनको नै थियो । पक्कै पनि ओरालो जान कोही चाहँदैन । त्यसकारण पनि उनको याचना स्वाभाविक थियो - हामीलाई साथैमा राख ।

अर्कोतिर एमालेमा भित्तामै पुगेपछि अर्को पार्टी बनाउन पुगेका माधव नेपालले कांग्रेसलाई केही भन्न सकेनन् । बरु, उनले राजतन्त्रकै भूत देखाएर तर्साउने प्रयास गरे र ओलीलाई नै गाली गर्न समय लगाए । 

नेपाललाई पनि त्यही डर छ - कतै कांग्रेसले आउने चुनावसम्म गठबन्धन छोड्छ कि ? भावि राजनीतिको आहाको त्यान्द्रो कांग्रेसकै साथ र सहयोग भएको स्पष्ट बुझेकाले नेपाल जसरी पनि यो गठबन्धन नटुटोस् भन्ने चाहन्छन् ।  

एमाले पार्टी फोरेरै पनि ओलीलाई सत्ताबाट झारेर देउवालाई सत्तासीन गराएका कारण देउवाले आउने चुनावमा यो गुन तिरोस् भन्ने आशा राख्नु  अस्वाभाविक पनि देखिदैँन । 

पार्टीबाट नेपालकाे पत्तासाफ गर्न लागिपरेका ओलीको पनि त्यही रोइलो थियो - कतै कांग्रेसले नेपाल र दाहाललाई साथ दिएर उनीहरुको राजनीति जगाइदिने पो हो कि ? यो गठबन्धन चुनावसम्म गयो भने एमाले पक्कै पनि चुनावमा कमजोर हुनेछ ।

त्यही भएर होला ओली भन्दैथिए -  ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पीर छ’ ।  

वस्तवमा यो डाहा पनि गठबन्धनले एमालेलाई कमजोर बनाउने देखेरै लागेकाे थियो । उनको चाहना पनि आगामी चुनावमा सके कांग्रेस र एमाले मिलुन् तर नमिले पनि कांग्रेसले कसैकाे औँला समाउने काम नगरोस् ।

कम्युनिस्टलाई बोकेर शक्ती आर्जन गर्नतिर होइन गौरवपूर्ण इतिहास भएकाे र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भरोसाको केन्द्र कांग्रेसले महाधिवेशनपश्चात आई्ना कार्यकर्तालाई मात्र होइन देशलाई नै नयाँ ऊर्जा, उत्साह र एकताको सन्देश दिन सक्नुपर्छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro