राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा फोटो पत्रकारमाथि दुर्व्यवहार गरिएको भन्दै उनीहरूले ‘क्यामेरा डाउन’ गरेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्देशनमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै फोटो पत्रकारहरूले क्यामेरा भुइँमा राखेर विरोध गरेका हुन् ।
आज काठमाडौंको राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट पत्रकारलाई बाहिर निकाल्न खोजिएको र तस्बिर खिच्न नदिइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १२:१४
प्रतिक्रिया दिनुहोस्