अर्थ व्यवसाय
काठमाडौं । रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । अब बिदेशमा रहेका नेपालीहरूले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, युरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।
साथै खल्ती मोबाइल वालेटमा लोड गर्न पनि सकिने जनाइएको छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शावन डीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८ १७:५१
प्रतिक्रिया दिनुहोस्