चितवन । अवैधरुपमा बैंकिङ कारोबार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई पक्राउ गरेको छ । मेक्स मि इ–कमर्स इन्टरनेशनलका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
अभियुक्तलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।