site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राखेप सदस्यसचिवलाई मन्त्रीको निर्देशन– खेलकुदमा ध्यान दिनोस्, राजनीति हामी गर्छाैँ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङलाई खेलकुदमा राजनीति नगरी पूर्ण रूपमा खेलकुदको विकासमा ध्यानकेन्द्रित गर्न निर्देशन दिएका छन् ।

“खेलाडीको मनोबललाई उच्च बनाउने काममा सरकार प्रतिबद्ध छ । त्यसका लागि राखेपले पनि आवश्यक कार्ययोजना बनाउनुपर्छ । राखेपको मुख्य काम नै खेल र खेलाडीको व्यस्थापन हो,” मंगलबार घिसिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको शपथ गराएपछि मन्त्री गहतराजले भने, “संस्थाभित्र बसेर राजनीति नगर्नुहोस् । राजनीति गर्ने काम राजनीतिज्ञको हो । त्यो हामी छौँ ।”

मन्त्री गहतराजले नेपालमा धेरै खेल संघहरू बिनाकार्ययोजना चलेका हुनाले त्यसको निगरानी गरी चुस्त बनाउन पनि निर्देशन दिए । “नेपालमा २७० भन्दा धेरै संघहरू छन् । सबै संघहरूले राम्रोसँग काम गरेका छैनन् । उनीहरूको अफिस पनि झोलामै राखेर हिँडेका छन् । तिनीहरूलाई खोजेर सक्रिय बनाउनुपर्‍यो,” उनले भने ।

Dabur Nepal

गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्यसचिवमा नियुक्त गरेको थियो ।

गएको कात्तिक १ गते तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्ने निर्णय गरिएको थियो । त्यसपछि रिक्त रहेको पदका लागि मन्त्री गहतराजले मन्त्रिपरिषद्को बैठकमा तीनजनाको नाम पेस गरेका थिए । त्यसमध्ये मन्त्रिपरिषद्ले घिसिङलाई नियुक्त गरेको हो ।

घिसिङ नेपाल रग्बी संघको अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको सचिवालय सदस्य हुन् । मन्त्री गहतराजले निर्देशन दिइरहँदा सदस्यसचिवकै रग्बी संघको हालत पनि ‘झोले’ संघको भन्दा कम छैन ।

सदस्यसचिव घिसिङको मुख्य प्राथमिकता अन्तर्राष्ट्रिय प्रतियोगिता 
नवनियुक्त सदस्यसचिव घिसिङले ओलम्पिक, एसियन गेम्स र दक्षिण एसियाली खेलकुद (साग)लाई मुख्य प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार राखेपमा सदस्यसचिवको पदभार ग्रहण गरेपछि घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेल र खेलाडीको प्रशिक्षणलाई विशेष प्रथामिकतामा दिइने बताए । “अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक जित्न सकेको छैन । जिते पनि अत्यन्तै कम छ । त्यसको मुख्य कारण कमजोर तयारी हो । हामी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेल र खेलाडीको तयारीलाई मुख्य प्रथामिकतामा राखेर काम गर्नेछौँ,” घिसिङले भने ।

नवौँ खेलकुद प्रतियोगिता पहिलो योजना 
सदस्यसचिव घिसिङले आफूले उमेदवारी दिने समयमा नै चार वर्षका लागि १६ पेज लामो कार्ययोजना प्रस्तुत गरेको बताए । जसमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पहिलो योजना भएका बताए ।

उनले आफू नियुक्त हुनुपूर्व नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइसक्नुपर्ने भए पनि अहिलेसम्म नभएको बताए । “मेरो पहिलो प्राथमिकता नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने हो । त्यसका लागि चाँडोभन्दा चाँडो सबै सरोकारवालासँग छलफल गर्नेछु,” घिसिङले भने ।

सरकारले हटाउने गरी कुनै कमजोरी गर्दिनँ
सरकारले राखेप सदस्यसचिवले गरेको काम चित्त नबुझेमा जति बेला पनि हटाउन सक्ने प्रवधान भएकाले आफूले त्यस्तो खाले कुनै कमजोरी नगर्ने घिसिङले बताए । संघहरूलाई साथमा लिएर कार्ययोजना बनाउने उनले उल्लेख गरे ।

“मलाई सरकारले दिएको जिम्मेवारी पूर्ण रूपमा पालना गर्नेछु । नयाँ कार्ययोजनाअनुसार अगाडि बड्नेछु । सरकारलाई चित्तबुझ्दो काम गरेर देखाउनेछु । त्यसपछि हट्ने र हटाउने भन्ने कुरो उठ्ने छैन,” घिसिङले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro