site stats
बाह्रखरी :: Baahrakhari
खेल
फ्लुमिनेन्स र अल–हिलाल क्वार्टरफाइनलमा, सिटी र इन्टर बाहिरिए

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको फाइनालिस्ट समेत रहेको इन्टर मिलानविरुद्ध २–० को जित निकाल्दै ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान अमेरिकाको बैंक अफ अमेरिका रंगशालामा फ्लुमिनेन्सलाई जित दिलाउन जर्मन कानो र हर्कुलेसले गोल गरे । फ्लुमिनेन्सले दुवै हाफमा समान एक गोल गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको तेस्रो मिनेटमा कानोको गोलमा फ्लुमिनेन्सले अग्रता बनाएको थियो । इन्ज्युरी समयमा हर्कुलेसले अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल नहुँदा फ्लुमिनेन्सले अन्तिम आठको यात्रा पक्का गरेको हो ।

फ्लुमिनेन्सले अब सेमिफाइनल प्रवेशका निम्ति अल–हिलालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

अल–हिलाल ४–३ म्यानचेस्टर सिटी
प्रतियोगताअन्तर्गत मंगलबार नै भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध ४–३ को अप्रत्याशित जित निकाल्दै अल–हिलालले पनि अन्तिम आठको यात्रा तय गर्‍यो ।

अल–हिलालको जितमा मार्कोस लियोनार्डले दुई गोल गरे । माल्कम र कालिडोउ कौलिबालीले समान एक गोल थपे । सिटीका बर्नान्र्डो सिल्भा, एर्लिङ हाल्यान्ड र फिल फोडेनले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।

आउँदो शनिबार क्वार्टरफाइनलमा अल–हिलाल र फ्लुमिनेन्स आमनेसामने हुनेछन् । पराजित सिटी र इन्टर प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्