site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफाले खेलाडीमाथि खेलबाड गरेको फ्रान्सेली फुटबल युनियनको आरोप

काठमाडौं । फ्रान्सेली व्यावसायिक फुटबलर युनियनले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडीहरूको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाएको छ । फ्रेन्च फुटबलर युनियनले फिफालाई खेलाडीमाथि भइरहेको ‘नरसंहारको खेल’ बन्द गर्न आग्रहसमेत गरेको छ ।

युनियनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले खेलाडीमाथि अहिले रहेको व्यस्त खेल तालिकालाई बेवास्ता गरिरहेको बताएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फिफाको आयोजनामा भइरहेको फिफा क्लब विश्वकपले खेलाडीमाथि शारीरिक र मानसिकरूपमा चर्को दबाब थपिरहेको युनियनको आरोप छ ।

“फिफाका अध्यक्ष इन्फान्टिनो र उनका आसेपासेबाहेक अहिलेको यो कठिन परिस्थितिबाट कोही पनि निस्कन सकिरहेका छैनन् । फिफा अध्यक्षले शीर्ष खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय क्यालेन्डरको बारेमा कुनै चिन्ता देखाउँदैनन्,” युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “इन्फान्टिनोको क्लब विश्वकपले यो मुर्खताको हदसम्म प्रमाणित गर्छ । यो नरसंहारको खेल रोक्न जरुरी छ ।”

जुन १५ देखि अमेरिकाका विभिन्न सहरमा आयोजित प्रतियोगितालाई लिएर विश्वभरका फुटबल विश्लेषकले विरोध जनाइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्