राजनीति
काठमाडौं । एमाले नेता भीम रावलले आफूले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । चितवनमा शुक्रबार साँझ सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूले फिर्ता लिनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताए ।
"मलाई दबावले केही पनि काम गर्दैन । म बहुदलीय जनवाद मान्ने मान्छे हुँ," उनले भने ।
उनले आफूले नेताहरूसँग छलफल गरेरै उम्मेदवारी घोषणा गरेको बताए ।
उनले उम्मेदवारी घोषणा गरिसकेपछि पार्टी अध्यक्ष केपी ओलीसँग भेट नभएको पनि बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८ २१:१७
प्रतिक्रिया दिनुहोस्