site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा देउवा–सिटौला भर्सेस प्रकाशमान–गगन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसमा अहिले नयाँ ध्रुवीकरण देखिएको छ । काठमाडौंसहित केही जिल्लामा सभापति शेरबहादुर देउवा र तेस्रो धारको प्रतिनिधित्व गरेको दाबी गर्दै आएका कृष्णप्रसाद सिटौलाबीच अलायन्स बनेको छ ।

काठमाडौं जिल्लाको निर्वाचनमा देउवा र सिटौलाले भिमसेनदास प्रधान नजिकका उपेन्द्र कार्कीलाई सभापतिको उमेदवारमा अघि सारेका छन् ।

त्यस्तै प्रकाशमान सिंह र गगन थापाले काठमाडौं जिल्ला सभापतिमा बहालवाला सभापति सबुज बानियाँलाई अघि सारेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हामीले काठमाडौं कांग्रेसको सभापतिमा साझा उमेदवार उपेन्द्र कार्कीलाई बनाएका छौँ,” प्रधानले बाह्रखरीसँग भने, “कार्यसमितिमा रहने अन्य पदाधिकारी र सदस्यहरुको नाम २ बजेसम्म तयार पार्नेछौँ ।” 

उनले बाँकी पदाधिकारी र सदस्यको नाम तय गरेर आजै प्यानल घोषणा पनि गर्ने जानकारी दिए । 

Royal Enfield Island Ad

नेपाली कांग्रेसको महाधिवेशन तालिकाअनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा भोलि जिल्ला अधिवेशन हुने छ । 

काठमाडौंमा शेरबहादुर देउवा निकटहरु प्रकाशमानसँगै रहने हुँदा यसअघि प्रकाशमान निकटहरु निर्वाचित हुँदै आए पनि यसपटक देउवा समूह अलग भएपछि काठमाडौं कांग्रेसमा कडा टक्कर हुने देखिएको छ ।

यसअघि काठमाडौं क्षेत्र नम्बर २ मा भने देउवा–सिटौला समूहकै आएका थिए । दुवैजना क्षेत्रीय सभापति देउवा–सिटौला समूहका निर्वाचित भएका थिए । त्यसबाहेकका क्षेत्रमा भने प्रकाशमान–गगनको प्यानल अघि रहेको छ ।
 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro