site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भूपेन्द्र हत्यामा अर्को ‘ट्विस्ट’ : सिद्धार्थ होटेलमा दुई पेस्तोल फेला, बर्दियामा मोटरसाइकल

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए ।

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ । बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हत्या गरेको थियो । नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो । घटनाबारे प्रहरी अनुसन्धानमा जुटेको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

होटेल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा खुकुरी प्रहार गरेर उनको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ । नवीन हाल फरार छन् ।

नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुन्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी छ ।

प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भूपेन्द्रबाट आफूहरूको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ ।

काठमाडौंमा बस्दै आएका बडुवाल दसैँ मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा रहेकै बेला उनको हत्या भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro