site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
मेसी, रोनाल्डो र सालाहसहित ११ खेलाडी ‘फिफा उत्कृष्ट वर्ष खेलाडी’ अवार्डको मनोनयनमा 

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका मोहम्मद सालाहसहित ११ खेलाडी ‘उत्कृष्ट वर्ष खेलाडी अवार्ड’का लागि छनोट भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।

तीन जनाबाहेक गत वर्षको अवार्ड विजेता बायर्न म्युनिखका रोबर्ट लेवनडोवस्की, म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना र चेल्सीका एन‘गोलो कान्टे, जर्जिन्हो पनि शीर्ष ११ भित्र परेका छन् ।

त्यस्तै, रियाल मड्रिडका करिम बेन्जेमा, बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ हालान्ड र पीएसजीका काइलियन एमबाप्पे र नेइमार पनि शीर्ष ११ को सूचीमा छन् ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, चेल्सीका थोमस टुचेल, टोटनहमका एन्टोनियो कोन्टे, जर्मनीका हान्सी फ्लिक, इटालीका रोबर्टो मान्सिनी, अर्जेन्टिनाका लियोनल स्कालोनी र एट्लेटिको मड्रिडका डिएगो सिमोनी उत्कृष्ट प्रशिक्षकको सूचीमा परेका छन् । मान्सिनीले इटालीलाई २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए ।

लिभरपुलका एलिसन बेकर, चेल्सीका इडुवार्ड मेन्डी, लेस्टर सिटीका कास्पर स्चमेइकल, जर्मनी तथा बायर्नका म्यानुएल निउर र पीएसजी तथा इटालीका लियानलुइगी डोनारुमा उत्कृष्ट गोलकिपरका लागि मनोनयनमा परेका छन् । विजेताको घोषणा आउँदो जनवरी १७ तारिखमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro