site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली मतपत्र भेटिएपछि ओखलढुंगा निर्वाचन प्रक्रिया अवरुद्ध, जिल्ला सभापतिद्वारा तरुण उपाध्यक्ष कुटिए
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाको अधिवेशन विवादित बनेको छ ।

जिल्ला अधिवेशनका लागि मतदान सुरु हुनु केही समयअघि मंगलबार नक्कली मतपत्र भेटिएपछि जिल्ला अधिवेशनको प्रक्रिया स्थगन भएको छ । महाधिवेशन प्रतिनिधिका उमेदवार खिला कार्कीले दिएको जानकारीअनुसार संस्थापन पक्षबाट सभापतिका उमेदवार तेजन खनाल (तेजेन्द्र)सहितको टिमले नक्कली मतपत्र बनाएको हो ।

उक्त मतपत्रमा खनाल समूहबाट चुनावी प्रक्रियामा भाग लिएका उनीसहितका पदाधिकारी र सदस्यहरूको नाममा टिक चिह्न लगाएको पाइएको छ । “निर्वाचन समितिले जुन प्रेसबाट जुन गुणस्तरको मतपत्रको छापेको थियो, सोही प्रेसबाट सोही गुणस्तरको सोही कागज प्रयोग गरेर मतपत्र छापेर टिक पनि लगाएर बाँड्ने तयारी गरेको मतपत्र हामीले प्राप्त गरेपछि अहिले मतदान प्रक्रिया स्थगित भएको छ,” कार्कीले बाह्रखरीसँग भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रेस सञ्चालकले निर्वाचन समितिको स्वीकृतिमै मतपत्र छापेको आफूहरूसँग बोलेको कार्कीले बताए । आफूहरूले विरोध गर्दै स्पष्टीकरण मागेपछि वर्तमान सभापति प्रदीप सुनुवारले तरुण दलका जिल्ला उपाध्यक्ष उत्तम थापालाई  हातपात गरेको कार्कीले बाह्रखरीलाई जानकारी दिए ।

यो घटनापछि जिल्लामा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश अधिवेशनमा पनि आशंका गरेको छ । प्रदेश अधिवेश सम्पन्न भएर नतिजा आएसँगै धाँधली भएको हुन सक्ने भन्दै सो समूहले प्रदेश अधिवेशन पुनः गराउन माग गरेको छ ।

Royal Enfield Island Ad

“प्रदेश खमा हार स्वीकार गरेको संस्थापन समूहले ४३ मतले जित्यो भनेपछि यसरी नै मतपत्र बनाएर जिताएको हुनुपर्छ । हामी फेरि प्रदेश अधिवेशन गराउन माग गरिरहेका छौँ,” उनले भने ।

ओखलढुंगा सदरमुकामस्थित सगरमाथा जनता माविको खेलमैदानमा जिल्ला अधिवेशनका लागि मतदान गर्ने तयारी गरिएको थियो । पौडेल समूह अधिवेशन बहिष्कार गरेर हिँडेको छ ।

यो विषयमा जिल्ला निर्वाचन अधिकृत उज्ज्वलराम श्रेष्ठसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro