site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वत कांग्रेसको सभापति हुन ५० हजार शुल्क
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकाविपरीत पर्वत कांग्रेसले जिल्ला सभापति पदको उमेदवारको शुल्क पाँच गुणा बढाएको छ । पर्वत कांग्रेसमा अहिले धनाढ्य व्यापारीको एउटा समूह र पुराना कांग्रेसीको अर्को समूह छुट्टाछुट्टै प्यानलबाट निर्वाचन लड्दै छन् ।

दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा ‘क’मा शुक्रबार कुश्मामा र ‘ख’मा शनिबार हुवासमा निर्वाचन हुने भएको छ ।

बुधबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रदेश क्षेत्रीय सभापतिको उमेदवार शुल्क पनि तीन गुणा बढाउने निर्णय गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

केन्द्रीय निर्वाचन निर्देशिका अनुसार क्षेत्रीय सभापतिले उमेदवारी दर्ता शुल्कबापत पाँच हजार रुपैयाँ तिरे पुग्छ । तर, पर्वतमा भने १५ हजार तिरेर मात्र सभापतिको निर्वाचन लड्न पाइन्छ ।

जिल्लाको हकमा निर्देशिकाभन्दा पाँच गुणाले दर्ता शुल्क बढाइएको छ । यही मंसिर १० गते तय भएको जिल्ला कार्यसमितिको सभापतिका उमेदवारले ५० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने हुन्छ ।

Royal Enfield Island Ad

वर्तमान सभापति खिमप्रसाद भुसालका अनुसार जिल्ला सभापतिमा आर्थिक रूपमा सक्षमले नै उमेदवारी दिने हुँदा यो शुल्क अनिवार्य गरिएको बताए । यो शुल्क अधिवेशन खर्चका लागि संकलन गरिएको उनले जानकारी दिए ।

बुधबारको कांग्रेस पर्वतको बैठकले जिल्ला सभापतिबाहेक उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिका लागि सुरुमा १५ गुणा बढी शुल्क लिने प्रस्ताव आएको थियो । एक लाख ५० हजारको प्रस्ताव आएपछि त्यसको विरोध भयो र अन्तिममा ५० हजार तोकिएको एक सदस्यले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ । यस्तै,  क्षेत्रीय सभापतिका लागि १५ हजार तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि १० हजार तोकिएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि छ हजार र सदस्यका लागि तीन हजार रुपैयाँ शुल्क तोकेको छ ।

यस्तै, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार ५०० र सदस्यलाई दुई हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

वर्तमान सभापति भुसालले भने आफू सभापति हुँदा १५ लाख रुपैयाँ खर्च भएको सुनाए । “म सभापति हुँदा १५ लाख खर्च भयो, अहिले त ५० हजार दिएर सभापति लड्न पाइन्छ ।”

भुसालका अनुसार पार्टीको अधिवेशन सम्पन्न गर्न उमेदवारबाट नै खर्च उठाउन लागिएको हो । “शुभेच्छुक संस्था, व्यवसायी, उद्योगबाट सहयोग माग्ने हो, उमेदवारबाट पनि उठाउने हो,” उनले भने, “१२ सय क्षेत्रीय प्रतिनिधि व्यवस्थापन गर्नुपर्‍यो, अधिवेशन खर्च त चाहियो नि ।”

दलित, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका उमेदवारहरूलाई भने यो बाध्यता नरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro