site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
क्रोएसिया विश्वकपमा छनोट, रुसले प्लेअफ खेल्ने
SkywellSkywell

काठमाडौं । साविक उपविजेता टोली क्रोएसियाले आइतबार राति रुसलाई १–० ले हराउँदै अर्को वर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा स्थान पक्का गरेको छ । 

क्रोएसियाका लागि घरेलु मैदानमा रुसका फेडोर कुद्रेशोभले ८१औँ मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बनेको थियो ।

Dabur Nepal
NIC Asia

जितसँगै युरोपियन छनोट प्रतियोगिताको समूह ‘एच’ मा रहेको क्रोएसियाले शीर्ष स्थानमा रहेर कतारको टिकट काटेको हो । क्रोएसियाले दश खेलबाट २३ अङ्क जोडेको छ । जुन दोस्रो स्थानको रुसको भन्दा एक अङ्कले माथि हो । 

युरोपियन छनोट प्रतियोगिताको समूह विजेताले टोलीले सिधै विश्वकपमा स्थान बनाउने छ । उपविजेताले प्लेफबाट गुज्रिनुपर्छ । 

रुसले आज बराबरी गरेमात्र पुग्थ्यो भने क्रोएसियालाई जित्नै पर्ने बाध्यता थियो । तर, अन्तिम समयमा सम्हालिन नसक्दा रुस प्लेअफबाट गुज्रिनु परेको छ । 

रुस २०१८ को आयोजक राष्ट्र हो । विश्वकपमा रुस क्वार्टरफाइनलमा क्रोएसियासँगै टाइब्रेकरमा ४–३ ले पराजित भएको थियो । फाइनलमा खेलेको क्रोएसिया फ्रान्ससँग ४–२ ले हरेपछि उपविजेतामा चित्त बुझाउनुपरेको थियो । 

यसअघि साविक विजेता फ्रान्स, बेल्जियम, ब्राजिल, डेनमार्क, जर्मनी र आयोजक कतारले विश्वकप–२०२२ मा स्थान पक्का गरिसकेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  २२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro