भक्तपुर । लघुकथाकार हरिगोविन्द भोमीको लघुकथा संग्रह ‘ईया किचलय्’ (समयको छायामा) विमोचन भएको छ । कुतः पिकाकको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल भाषाका प्रसिद्ध आख्यानकार मथुरा साय्मीले भोमीको लघुकथा संग्रह विमोचन गरेका हुन् ।
साय्मीले कृतिको विमोचन गर्दै समाजमा साहित्य र स्रष्टाको लेखन बाँच्ने वातावरण बनाउनेतर्फ सबैको सहयोग चाहिने बताए ।
समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार ध्रुव मधिकर्मीले स्रष्टा भोमीका लघुकथाहरूमा समसामयिक जीवनका स-साना अनुभूतिहरूले आकार पाएको बताए । समीक्षक पूर्णकाजी ताम्राकारले लेखक भोमीले लघुकथाको संरचनामा सचेत भएर लघुकथाहरू लेखेको बताए ।
पिकाकका अध्यक्ष विमल ताम्राकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा भोमी, श्याम आशा, विष्णुकेशरी ताम्राकार र हसिना लवजुले बोलेका थिए ।