site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराट कोहली : सफल खेलाडी, असफल कप्तान 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा सुपर–१२ को अन्तिम खेलमा नामिबियमाथि ९ विकेट सानदार विजय हासिल गरेसँगै प्रतियोगितामा भारतको यात्रा टुंगिएको छ ।

योसँगै भारतका कप्तान विराट कोहलीको पनि ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको यात्रा समाप्त भएको छ । किनकि, कोहलीले अब ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कप्तानी गर्ने छैनन् ।

कोहलीले अघिल्लो महिना नै कप्तानीको जिम्मेवारीबाट टाढा हुने घोषणा गरेका थिए । कोहलीले यसअघि नै योे विश्वकप अन्तिम भएको बताएका थिए । तर, कोहलीको ट्वान्टी–२० क्रिकेटमा कप्तानको रूपमा अन्तिम प्रतियोगिता सुखद भएन । बिर्सनलायक बन्यो । कारण, भारत ट्वान्टी–२० विश्वकप २०२१ मा सुपर–१२ को लिग चरणबाटै बाहिरियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आईसीसीले आयोजना गर्ने प्रतियोगितामा भारत नौ वर्षपछि पहिलोपटक समूह चरणबाट बाहिरिएको हो । आईसीसीले आयोजना गरेका कुनै पनि ठूलो प्रतियोगितामा भारतलाई उपाधि जिताउन नसकेका कोहली आफ्नो ‘अन्तिम’ अवसरबाट पनि चुके ।

कोहलीले भारतका लागि ६५ टेस्ट खेलमा कप्तानी गरेका छन् । कोहली भारतका लागि सबैभन्दा धेरै टेस्ट क्रिकेटमा कप्तानी गर्ने खेलाडी हुन् । कोहलीले सन् २०१४ मा टेस्ट क्रिकेटमा कप्तानी सम्हालेका थिए । पूर्वकप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि कोहली कप्तान बनेका हुन् ।

Royal Enfield Island Ad

कोहलीले २०१३ मा एकदिवसीय र २०१७ बाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानी गरेका थिए ।

सुरुवाती करिअर 
कोहली क्रिकेटमा आउने समयमा नै उनको पिताको निधन भएको थियो । सन् २००६ मा कर्नाटकविरुद्ध रणजी ट्रफी खेल्दै थिए, पिताको निधन भएको भोलिपल्ट उनले ९० रन बनाएका थिए ।

कोहलीले मलेसियमा २००८ मा आयोजित यू–१९ विश्वकप क्रिकेटमा भारतका लागि कप्तानी गरेका थिए । उपाधि भारतले नै जितेको थियो । उक्त प्रतियोगितामा उनले चौथो नम्बरमा ब्याटिङ गर्दै ६ खेलमा २३५ रन बनाएका थिए । उनले वेस्ट इन्डिजविरुद्ध शतक पनि प्रहार गरेका थिए ।

कोहलीले सन् २००९ मा इमर्जिङ प्लेअर्स टुर्नामेन्टमा भारतका लागि महत्त्वपूर्ण योगदान गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए । उक्त खेल भारतले १७ रनले जितेको थियो ।

पाँच टेस्ट सिरिज जित्ने भारतका पहिलो कप्तान
पूर्वकप्तान धोनीले सन् २०१४ मा टेस्ट टिमको कप्तानी छाडेपछि विराटले कप्तानको जिम्मेवारी पाएका थिए । विराटको कप्तानीमा भारतले ३८ टेस्ट खेल जितेको छ । धोनीको कप्तानीमा भारतले ६० टेस्ट खेल खेलेको थियो । जसमा भारत २७ खेलमा विजयी भएको थियो ।

कप्तानको जिम्मेवारीमा विराट आएपछि भारतले आईसीसीको कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेको छैन । भारत गएको अगस्टमा भएको आईसीसी टेस्ट च्याम्पियनसिपमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

विराटले टेस्ट क्रिकेटमा कप्तानी गर्दै भारतलाई एकै वर्षमा नौ खेलमा जित दिलाएका छन् । त्यस्तै, पाँच टेस्ट क्रिकेट सिरिज जित्ने पनि भारतका पहिलो कप्तान हुन् उनी ।

अन्तर्राष्ट्रिय करिअर
सन् २००८ मा अष्ट्रेलियामा भएको इमर्जिङ प्लेयर्स प्रतियोगितापछि उनी भारतको श्रीलंकासँग भएको एकदिवसीय क्रिकेटमा चुनिएका थिए । सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग घाइते भएको समयमा उनले भारतका लागि खेलेका थिए । पहिलो खेलमा १२ रन बनाएका विराटले आफ्नो चौथो खेलमा ५४ रन बनाए ।

सन् २००९ मा श्रीलंकाले भारत भम्रण गरेको थियो । उक्त एकदिवसीय सिरिजमा उनले आफ्नो पहिलो एकदिवसीय शतक पनि प्रहार गरेका थिए । विराटले गौतम गम्भीरसँगै तेस्रो विकेटका लागि २२४ रनको साझेदारी गरेका थिए ।

विराटनले सन् २०१० मा भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पहिचान बनाए । उनले एक हजार रन बनाएका थिए ।

सन् २०११ को विश्वकप 
सन् २०११ को विश्वकप क्रिकेटमा सबैभन्दा धेरै रुचाइएका खेलाडी थिए विराट । विश्वकप डेब्यु सन् २०११ मा शतक बनाउने भारतका पहिलो ब्याटर हुन् विराट कोहली । कोहलीले नौ खेलमा २८३ रन बनाएका थिए । उक्त प्रतियोगितामा फाइनलमा श्रीलंकालाई हराउँदै भारत विजेता बनेको थियो ।

सन् २०१२ को एसिया कप 
सन् २०१२ मा विराटले भारतीय टोलीको उपकप्तानको जिम्मेवारी पाएका थिए । उनले एसिया कपमा पाकिस्तानविरुद्ध १८३ रनको शतकीय पारी खेले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३३० रनको लक्ष्य पछ्याउँदै २२ चौका र एक छक्काको सहयोगमा उक्त योगफल तयार पारेका थिए । खेल भारतले जित्यो ।

सन् २०१५ को विश्वकप 
विराटले सन् २०१५ को विश्वकपमा भारतका लागि पाकिस्तानविरुद्ध पहिलो खेलमा नै १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, दोस्रो खेलमा अफ्रिकाविरुद्ध ४६ रन बनाए । उनले प्रतियोगिता अवधिभर ५०.८३ को औसतमा ३०५ रन बनाएका थिए ।

सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफी 
सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा विराटले पहिलोपटक भारतका लागि एकदिवसीय क्रिकेटमा कप्तानी गर्ने मौका पाएका थिए । उक्त खेलमा बंगलादेशविरुद्ध ९६ रनको अर्धशतकीय पारी खेले ।

विराटको कप्तानीमा फाइनल प्रवेश गरेको भारत पाकिस्तानसँग पराजित भएको थियो । विराटले ९६ रन बनाएसँगै सबैभन्दा छिटो आठ हजार रन बनाउने खेलाडीको रेकर्ड बनाएका थिए ।

आईपीएल करिअर 
विराट इन्डियन प्रिमियर लिग (आईपीएल)मा सफल खेलाडी भए पनि सफल कप्तानको पहिचान बनाउन सकेका छैनन् । रोयल्स च्यालेन्जर्स बैंगलोरले विराटलाई सन् २००८ मा अनुबन्ध गरेको थियो । पहिलो सिजनमा विराटले १२ खेलमा जम्मा १०५ रन बनाएका थिए । दोस्रो सिजनमा भने २४६ रन बनाएका थिए ।

विराटले सन् २०११ मा उपकप्तानको जिम्मेवारी पाएका थिए । टिमका कप्तान डेनियल विटोरी घाइते हुँदा टिमको कप्तानी गर्ने जिम्मेवारी पनि पाएका थिए । त्यस बेला उनी मात्र २२ वर्षका थिए ।

विराटले सन् २०१३ मा आईपीएल टिम बैंगलोरको कप्तनी गर्ने मौका पाए । विराटले पहिलो सिजन कप्तानी गर्दा बैंगलोर तालिकाको पाँचौँ स्थानमा रहँदै बाहिरिएको थियो । उक्त सिजन विराटले ६३४ रन बनाएका थिए । सन् २०१५ मा विराटले बैंगलोरलाई प्लेअफमा पुर्‍याए ।

रेकर्ड 
विश्वकप डेब्यु सन् २०११ मा शतक बनाउने भारतका पहिलो ब्याटर हुन् विराट कोहली । त्यस्तै, सचिन तेन्दुलकरपछि २२ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् ।

विराट एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो हजार, तीन हजार, चार हजार र पाँच हजार रन बनाउने एक्लो खेलाडी पनि हुन् । लगातार २५ खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको रेकर्ड पनि उनले बनाएका छन् ।

विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा २३ हजारभन्दा धेरै रन बनाएका छन् । उनी सबै फर्म्याटमा ५० भन्दा धेरै औसतमा खेल्ने खेलाडी हुन् ।

विराटले २०५ खेलमा १० हजार रन बनाउने खेलाडीको रेकर्ड पनि बनाएका छन् । विराटको नाममा आईपीएलको एकै सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड पनि छ । –एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro