site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
न्यायालय शुद्धीकरण र कानुन व्यवसायी

न्यायालयसँग सम्वन्धित घटनाक्रममा जनचासो समेत बढेको छ । प्रधान न्यायाधीबको राजीनामाको मागले सार्थकता पाउने अपेक्षा गरौँ । प्रसंग प्रधान न्यायाधीशको राजीनामाको मात्रै नभएर सर्वोच्च र उच्च अदालतका न्यायाधीश र राजनीतिक नियुक्तिसँग गाँसिएका सवाल पनि छन् । न्यायालयमा राजनीतिक प्रभाव र बिचोलियाको दबदबा रहेको थुप्रै अध्ययनबाट पुष्टि भएको छ । फलस्वरुप, न्यायालयमा निष्पक्ष र इमानदारीसाथ काम गर्छु भन्नेहरूका लागि कठिन भएको कैयौं दृष्टान्त छन् ।

अहिले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्त न्यायाधीशहरूमा अपवादबाहेक अधिकांश सक्रिय राजनीतिक कार्यकर्ता छन् । अधिकांश राजनीतिक दलमा केन्द्रीय समितिमा पुगेका संगठित सदस्य, क्रियाशील सदस्यहरू नै अहिले सर्वोच्च र उच्च अदालतमा राजनीतिक नियुक्तिबाट पुगेका छन् । तिनले न्यायालयको नेतृत्व गर्दै  आइरहेका छन् । 

KFC Island Ad
NIC Asia

प्रधान न्यायाधीशहरूसँगै राजनीतिक नियुक्ति पाएकाले मार्गप्रशस्त गर्नुपर्ने दबाब आएको हो । जनताको आस्थाको धरोहर रहेको न्यायालय विवादमा फस्दै जानुले न्यायालयप्रति जनविश्वास गिर्दो छ । त्यसैले विवादास्पद न्यायाधीशहरूले  राजीनामा दिई स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई चरितार्थ बनाउनु उचित हुन्छ । अन्यथा न्यायपालिका राजनीतिक हस्तक्षेपबाट सँधै पीडित हनेछ र निष्पक्ष न्याय सम्पादन हुन सक्नेछैन।

दलको संलग्नताका कारण महान्यायाधिवक्ता वा मुख्यन्यायाधिवक्ताको भूमिका निर्वाह गरेकाहरूसमेत आगामी दिनमा सर्वोच्च र उच्च अदालत वा जिल्ला अदालतको लागी योग्य मानिनु हुँदैन । यसो हुनसके न्यायालय शुद्धीकरणको अभियानमा थप मद्दत पुग्नेछ । 

Royal Enfield Island Ad

न्यायालयमा विगतदेखि वर्तमानसम्म नियुक्ति राजनीतिक दलका कार्यकर्ताले सर्वोच्च र उच्च अदालतबाट राजिनामा गर्ने हो भने प्रधान न्यायाधीशकमाथि राजीनामा गर्ने नैतिक दबाब बढ्नेछ । 

न्यायालयमा  परेको राजनीतिक हस्तक्षेपविरुद्ध आआफ्नो क्षेत्रबाट आवाज उठाउनु अहिलेको आवश्यकता हो। स्वतन्त्र र निष्पक्ष न्यायालयको लागि आआफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने भएको छ । 

न्यायालयमा राजनीतिक नियुक्ति पाएका दलका कार्यकर्ताको पनि राजीनामा आयो भने न्यायालयलाई राजनीतिक भर्ती केन्द्र हुन नदिन मद्दत पुग्ने आशा गर्न सकिन्छ । के अब न्यायालयमा राजनीतिक हस्तक्षेप गर्ने दलका नेताको मनसुवामा पनि कम होला त ?

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro