अर्थ व्यवसाय
![एचआईडीसीएलले ८ प्रतिशत बोनस सेयर दिने](https://12khari.top/uploads/posts/jalbidhut-lagani-tatha-bika1635832740.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने एक अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८ ११:४०
प्रतिक्रिया दिनुहोस्