site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चट्टान बने नयाँ च्याम्पियन 

दोलखा । पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि चट्टानले जितेका छन् । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् ।

आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे । बेल्टसहित उनले एक लाख ५० हजार रुपैयाँ हात पारे ।

प्रदेश खेलकुद विकास परिषद् वाग्मती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रूपमा पहिलोपटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन् । खेलसँगै जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेस्लिङको आयोजना गरिएको हो ।

प्रतियोगिताको लाइट वेटतर्फको उपाधि सीजे वर्ल्डले जिते । उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।

ट्याग टिमतर्फ थगु र एक्स–हिरो संयुक्त रूपमा विजेता बने । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेटतर्फ च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे ।

ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले एक लाख २० हजार रुपैयाँ प्राप्त गरे ।

रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे ।

कार्यक्रमका प्रमुख अतिति युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताए । प्रदेश खेलकुद सक्रिय भएकोमा उनले खुसी व्यक्त गरे ।

प्रदेश खेलकुद विकास परिषद् वाग्मतीका सदस्यसचिव सूर्यलाल भण्डारीले यस प्रकारका प्रतियोगिता आयोजना गर्न स्थानीय तह आफै सक्रिय बन्नुपर्ने बताए । उनले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले रेस्लिङ खेलप्रति दोलाखावासीले देखाएको सद्भावका लागि धन्यवाद दिइन् । उनले प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकार र स्थानीय सरकारले गरेको सहयोगको प्रशंसा गरिन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro