site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब अल्मुताइरी दुई वर्षका लागि नेपाल आउँछन् : एन्फा अध्यक्ष शेर्पा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अब दुई वर्ष नेपाल बस्ने बताएका छन् ।  

साफ च्याम्पियनसिपमा उपविजेता नेपाली फुटबल टोलीलाई आज नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष शेर्पाले अल्मुताइरीले अझै दुई वर्ष नेपाली टोलीको जिम्मेवारी सम्हाल्ने बताए । उनले थपे, “कतारमा मुख्य प्रशिक्षकले दुई वर्ष नेपाल बस्न सहमत भएका छन् । मैले त्यो व्यवस्थान मिलाएर फर्किएको छु ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

अल्मुताइरीले माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपका दौरान आफू कहिल्यै नेपाल नफर्किने घोषणा गरेका थिए । साफ च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएपछि अल्मुताइरीले पद छाडेको घोषणा गरेका थिए । 

Royal Enfield Island Ad

तथापि अल्मुताइरीको एन्फासँग २०२२ सेप्टेम्बरसम्म सम्झैता छ । अब ११ महिनामात्र सम्झौता अवधि बाँकी रहेपनि एन्फा अध्यक्ष शेर्पाले भने अल्मुताइरी दुई वर्षका लागि नेपाल फर्किने बताएका छन् । 

बंगलादेशविरुद्धको खेलपछि नेपाल नआउने घोषणा गरेपनि अल्मुताइरीले भारतविरुद्धको फाइनल खेलपछि नेपाल फर्किने संकेत दिएका थिए । उनको राजीनामाबारे सोधिएको प्रश्नमा अल्मुताइरीले भनेका थिए, “अहिले म थकित छु । दुई साताको आरामपछि नेपाल फर्किने विषयमा सोच्नेछु ।”

अल्मुताइरी माल्दिभ्सबाट नेपाल नफर्किएर सिधै कतार गएका थिए । एन्फा अध्यक्ष शेर्पा पनि माल्दिभ्समा साफको बैठक सकेर कतार हुदै नेपाल फर्किएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro