काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको रक्षा गर्न र प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धनको संस्कार बसाएको दाबी गरेका छन् ।
बिहीबार प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत सम्बन्धमा जारी प्रदेश सभा बैठकमा बोल्दै नेता बानियाँले विधि प्रक्रिया र संविधानको रक्षा गर्न दलीय गठबन्धन आसन्न निर्वाचन सम्म कायम गर्ने शपथ खाएको बताए ।
केन्द्रदेखि प्रदेशसम्म कांग्रेस गठबन्धनको सरकार बनेको भन्दै उनले विश्वासको मत सम्बन्धी प्रक्रिया टुंगोमा पुर्याउन आग्रह गर्दै मुख्यमन्त्रीलाइ मार्ग प्रशस्त गर्न आग्रह गरे ।
“संविधान र व्यवस्थाको रक्षा गर्न माओवादी र नेकपा एसले भनेपछि हामीले संधिवानको रक्षा गर्न गठबन्धन गरेका हौँ । राजनीतिक सहमतिको यात्रा तय गरेका हौँ, यो निर्वाचनसम्म कायम गर्ने शपथ खाएका छौँ,” उनले भने ।