site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिजो राजालाई विष्णुको अवतार मानिन्थ्यो, आज जनता नै देशको मालिक : उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सिर्जना भएको बताएका छन् । 

विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतार मानेर उनलाई नै देशको मालिक मान्ने परम्परा रहेको स्मरण गर्दै पूर्वमन्त्री पुनले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने अवस्था सिर्जना भएको बताए ।

रोल्पाको लुंग्री गाउँपालिका वडा नम्बर ५ को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, “देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रूपमा गनिन्थे । हिन्दु धर्मअनुसार राजालाई विष्णुको अवतारका रूपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।”

केही कमजोरीका हुँदा पनि समग्र विकासका हिसाबले पञ्चायत, राजतन्त्र, बहुदलीय प्रजातन्त्रभन्दा पनि गणतन्त्र उत्कृष्ट भएको तर्क गर्दै माओवादी नेता पुनले सडक विकासको एउटा मात्रै उदाहरण लिने हो भने पनि जनताको हित गर्ने शासन व्यवस्था गणतन्त्र नै हो भन्ने पुष्टि भएको स्पष्ट पारे । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro