देश
धादिङ । गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।
यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ ।
यसैगरी, नौबिसे–नागढुंगा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो । रासस
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८ १६:५१
प्रतिक्रिया दिनुहोस्