site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरीले खोज्न छाड्यो हराएको साढे ३३ किलो सुन, प्रतिवेदन पनि गुपचुपमै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्यासँगै जोडिएर आएको साढे ३३ किलो सुन तस्करी मुद्दामा मंगलबार (हिजो) अदालतले आठजनालाई दोषी ठहर गरेको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले आठ प्रतिवादीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई फरक–फरक सजाय तोकिएको छ ।

सनम शाक्यको कर्तव्य ज्यान मुद्दामा प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाइएको छ । एकजनालाई तीन वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला भएको छ ।

गोरेसहित लाक्पा शेर्पा, मोहन काफ्ले, टेकराज मल्ल ठकुरी, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ ।

KFC Island Ad
NIC Asia

भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय भएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमा उच्च प्रहरी अधिकृत र गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएका छन् । २१ जना अझै फरार छन् ।

०७४ साल माघ ९ गते गोरे समूहले दुबईबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएपछि सुन प्रकरण चर्चामा आएको थियो । सुन गायब गरेको आरोपमा गोरेको समूहले ०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिई सनम शाक्यको हत्या गरेको थियो । उर्लाबारीको जंगलमा यातना दिएको भिडियो सार्वजनिक भएको थियो ।

Royal Enfield Island Ad

०७५ वैशाख १९ गते सरकारी वकिल कार्यालय मोरङले १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४०० रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम सुन अवैध रूपमा आयात गरिएको दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो । सोही बराबरको बिगो माग–दाबी थियो ।

अझै सार्वजनिक भएन सुनकाण्डको प्रतिवेदन
सनमको हत्या र सुनकाण्डको अनुसन्धानमा प्रहरी अधिकारी नै मुछिएपछि तत्कालीन सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । सोही समितिले ०७५ साउन १६ गते सरकारलाई बुझाएको प्रतिवेदनमा सुन तस्करीमा २९३ जना संलग्न रहेको उल्लेख गरिएको थियो । तर, प्रतिवेदन अझैसम्म पनि गोप्य राखिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अनिच्छामा प्रतिवेदन सार्वजनिक नगरिएको बताइँदै आएको छ । प्रतिवेदनमा नेपालमा प्रतिष्ठित व्यापारीलगायत व्यक्तिको नाम जोडिएकाले गोप्य राखिएको तत्कालीन समितिमै रहेका अधिकारीहरूको दाबी छ । सोही समितिले विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो । अनुसन्धानका क्रममा फ्लाई दुबईको विमानबाट गोरेको समूहले गायब भएको भनिएको सुन नेपाल ल्याएको खुलेको थियो ।

तर, सुन भने फेलापरेको छैन । प्रहरीले समेत सुन खोज्न चासो दिएको छैन । यसअघि, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन खोज्ने र बाँकी अनुसन्धान गर्ने बताइएको थियो । तर, महाशाखा र सीआईबीका अधिकारीहरूले आफूहरूले सुनकाण्डको विषयमा चासो नदिएको बताउँदै आएका छन् ।

तर, गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सुन फेला पार्न नसक्नुको तीनवटा कारण प्रतिवेदनमा उल्लेख गरेको समितिमा संलग्न एक अधिकारी बताउँछन् ।

ती अधिकारीका अनुसार थाई एयरवेजका वरिष्ठ टेक्निसियन रहेका सानु बनमाथि सुन लुकाएको शंका छ । सानुले नै सुन विमानस्थलबाट बाहिर ल्याउने काम गरेका थिए । उनको ०७४ माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर ज्यान गएको थियो । जसलाई आत्महत्या भनिएको थियो । यसबाहेक नेपाली सेनाको भगौडा समूह र तत्कालीन राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङको समूहले सुन लुटेको हुन सक्ने आशंका समितिको थियो ।

समितिका सदस्यहरूले भने सुनकाण्डको प्रतिवेदन सार्वजनिक हुनुपर्ने मत राख्दै आएका छन् । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण छन् । सरकारी अधिकारीहरू तत्कालीन सरकारले लुकाएको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाहिर ल्याउन सक्नुपर्ने मत राख्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro