राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशन चलिरहँदा पार्टीका स्थायी कमिटी सदस्यहरूको छुट्टै बैठक सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा पार्टीको पहिलो विधान अधिवेशन चलिरहेको हो । अधिवेशनकै बीचमा सम्मेलन केन्द्रको अर्को हलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका स्थायी कमिटी सदस्यहरू बैठकमा जुटेका हुन् ।
पार्टीको निर्वाचन आयोगको टुंगो लगाउन बैठक सुरु भएको बताइएको छ ।
महाधिवेशनअन्तर्गत आजको सत्रको अध्यक्षता अध्यक्षमण्डलका सदस्य सुवासचन्द्र नेम्वाङले गरेका छन् । विधान संशोधनको प्रस्तावमा उठेका प्रश्नको जवाफ उपमहासचिव विष्णु पौडेलले दिइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८ १३:५६
प्रतिक्रिया दिनुहोस्