site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियारले छापा मारेर संघीयतामाथि प्रहार भयो : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियारले मुख्यमन्त्रीको कार्यायमा छापा हानेकोप्रति आपत्ति जनाएका छन् । बुधबार ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा अनियमितता भएको आशंकामा अख्तिायार मुख्यमन्त्रीको कार्यालय छापा हानेर कागजात नियन्त्रणमो लिएको थियो ।

लगत्तै पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले प्रदेश सरकारको सर्वोच्च निकायमा अख्यितारले छापा मारेर गलत गरेको बताएका हुन् । केही तत्वहरूले प्रदेश सरकारलाई बदनाम गर्न लागेको र अख्तियार आज त्यसकै मतियार बनेको उनको दाबी छ । 

“प्रदेश सरकारको सर्वोच्च निकायमा अख्तियार जुन किसिमले प्रस्तुत भयो,  त्यो गलत छ । छापा मार्ने उसको अधिकार हो, गर्न सक्छ । तर, तरिका गलत भयो । "षड्यन्त्रपूर्वक ढङ्गले संस्था र मुख्यमन्त्रीलाई बदनाम गर्नका लागि गरिएको हो,” उनले भने । 

उनले आफू सुशासन कायम गर्न लागिपरेको तर अख्तियार गलत तरिकाले प्रस्तुत भएको जिकिर गरे । “म आफैँ सुशासन कायम गर्न लागि परेको छु । मसँग वा कर्मचारीसँग फाइल मागेको भए सहजै उपलब्ध गराउथ्यौँ,” उनले भने, “तर, अख्तियारको प्रस्तुति गलत भयो । कुनै सरकार प्रमुखसँग भेट्न जाँदा विधि प्रक्रियाअनुसार जानुपर्छ ।”

आफूले केन्द्रीय कार्यालयमा कुरा गरेपछि अख्तियार कमजोरी स्वीकार गरेको पनि उनले बताए । 

उनले अख्तियारको प्रस्तुतिले संस्था र संघीयतामाथि प्रहार भएको टिप्पणी गरे । उनले प्रदेश सरकारको कार्यालयमा आफूले भनेअनुसार अख्तियार प्रस्तुत हुनुपर्नेतर्फ संकते गरे ।

मुख्यमन्त्री राउतले साइकल वितरणमा कुनै अनियमितता नभएको पनि दाबी गरे । सार्वजनिक खरिद ऐन अनुसार नै काम भएको उनको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro