site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन, राजीनामा फिर्ता लिनुहाेस् : अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आज पदबाट राजीनामा दिएका सचिव असोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठलाई निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । हाल गृह जिल्ला रहेका अध्यक्ष चन्दले प्याकुरेल र श्रेष्ठको राजीनामा मिडियाबाटै थाहा पाएको बताए । उनले आफूसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको पनि बताएका छन् । 

‘‘हामीबीच बिहान लामो कुरा भएको थियो । क्यानमा निर्वाचित भएको दुई वर्ष अवधिमा हामीले गरेको कामबारे सबैलाई जानकारी गराउनका लागि मिडियाका साथीहरू बोलाएको छु भन्नुभएको थियो । त्यतिबेला राजीनामाबारे केही कुरा भएन,’’ अध्यक्ष चन्दले भने, ‘‘हामीबीच कुनै असमझदारी हुनुपर्ने कारण देख्दिनँ । त्यसैले उहाँहरूलाई आफ्नो निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।’’

Dabur Nepal

अध्यक्षले जस्तै सचिव प्याकुरेल र उपाध्याक्ष श्रेष्ठले पनि पदाधिकारीसँग कुनै तिक्तता नभएको दाबी गरेका थिए । तर, पछिल्लो समय अध्यक्षले एकलौटी निर्णय गरेका भन्दै सचिवलगायतका पदाधिकारी असन्तुष्ट रहँदै आएका थिए ।

‘‘मैले त सचिव र उपाध्यक्षलाई सबै किसिमको सम्मान र अधिकार प्रयोग गर्न दिएकै थिएँ । आईसीसी डेभेलपमेन्ट कमिटीमा अशोकजीलाई जिताउन पहल गरेकै हो । खाता सञ्चालनका लागि चेकमा हस्ताक्षर गर्न मैले उहाँलाई अधिकार दिएको छु । पैसा खर्च गर्न मैले उहाँलाई अधिकार दिएको छु । आईसीसीसँग सम्पर्क गर्ने जिम्मेवारी पनि मैले उहाँलाई नै दिएको छु,’’ अध्यक्ष चन्दले थपे, ‘‘त्यसैले हामीबीचको असमझदारीका कारण उहाँले राजीनामा दिएको भन्ने मलाई लाग्दैन । के कसो भएको हो त्यो मैले पनि बुझ्ने प्रयास गर्दैछु ।’’

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro