काठमाडौं । आईएमई डिजिटल सोलुसनबाट प्रवर्द्धित ‘आईएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै नेपालीहरुको महान् चाड दसैँ र तिहारलाई लक्षित गरी दसैँ क्याम्पियन सुरु भएको छ । दसैँ क्याम्पियन असोज ११ देखि कात्तिक २० गतेसम्म लागु हुने जनाएको छ ।
क्याम्पियनअन्तर्गत नियोटेरिक नेपाल, डिस्ट्रिब्युटरको कुनै पनि ग्याजेट आईएमई पेमार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको व्यवस्था पनि मिलाइएको छ ।
एक महिनाको स्किममा नियोटेरिक नेपालबाट कुनै पनि ग्याजेट आईएमई पेमार्फत खरिद गर्दा भाग्यशाली एक विजेताले ल्यापटप जित्न सक्नेछन् ।