site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका चार वर्ष : कहिले बन्ला स्वास्थ्य अध्ययनको थलो ?

दाङ । स्वास्थ्य सेवा र शिक्षालाई प्रभावकारी बनाउने गरी स्थापना भएको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चौथो वर्षमा प्रवेश गरेको छ । एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत लुम्बिनी प्रदेशको स्वास्थ्य विज्ञान प्रतिष्ठान चार वर्षअघि दाङको घोराहीमा स्थापना भएको थियो ।

प्रदेशमै विशेषज्ञ चिकित्सकहरू उत्पादन हुन सकून् र सस्तो तथा सुलभ शुल्कमा आम नागरिकको पहुँचमा चिकित्सकीय अध्ययन पुगोस् भनेर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दाङमा उक्त प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेका थिए । स्थापना भए पनि एक वर्ष राप्ती उपक्षेत्रीय अस्पतालसँगको स्वामित्व विवादले ०७५ साल असोज १२ गतेदेखि मात्रै प्रतिष्ठान अस्तित्वमा आएर कार्यसम्पादन सुरु गरिएको थियो । त्यही अस्तित्वमा आएको मितिलाई प्रतिष्ठानले स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।

स्थापनाको चार वर्षमा सकारात्मक तथा नकारात्मक दुवै पक्ष र विषयले सधैँ प्रतिष्ठानको चर्चा भइरहेको छ । कहिले पदाधिकारीको गतिविधि त कहिले आन्दोलनले चर्चामा आइरहने प्रतिष्ठान शैक्षिक गतिविधि सञ्चालनमा भने क्रियाशील हुन सकेको छैन । पटक–पटक उपचार र पूर्वाधारका विषयमा समेत प्रतिष्ठान विवादित बन्दै आयो ।

प्रतिष्ठानले चौथो स्थापना दिवस मनाउँदै गर्दा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगीता भण्डारीको कार्यकाल पनि अन्त्यतिर पुगेको छ । उपकुलपति भण्डारीले आफ्नो कार्यकालमा प्रतिष्ठानको बलियो फाउन्डेसन तयार भएको बताएकी छन् ।

पहिले पूर्वाधार तयार भएपछि मात्रै शैक्षिक कार्यक्रमको अनुमति पाइने भएको हुँदा प्रतिष्ठान हस्तान्तरण भएको तीन वर्षमा पूर्वाधार निर्माणमा समय दिएको र अब शैक्षिक गतिविधि सञ्चालन हुने उनले बताइन् । “यो अवधिमा प्रतिष्ठानको धेरै उपलब्धि भएको छ,” उनले भनिन्, “पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सक व्यवस्थापन, आधुनिक उपकरण व्यवस्थापन, सेवा सुधार, अक्सिजन प्लान्ट निर्माणलगायत महत्त्वपूर्ण कार्यहरू भएको छ ।” उनले शैक्षिक गतिविधि सञ्चालन गर्न जग्गाको समेत व्यवस्थापन गरिएको जानकारी दिइन् ।

३०० बेडको अस्पताल पूर्वाधार तयार हुनासाथ शैक्षिक गतिविधि अघि बढ्ने उनले बताइन् । “३०० बेडको अस्पतालको पूर्वाधार निर्माण गरेर मात्रै शैक्षिक गतिविधि र कार्यक्रम सञ्चालन हुने हुन्छ । पूर्वाधार भएन भने अनुमति पाइँदैन, हाम्रो पनि त्यही भएको हो,” उनले भनिन् ।

उपकुलपति भण्डारीले सिनेटले पूर्वाधार निर्माण शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिइन् । अस्पतालको स्वास्थ्य सेवा सुधारदेखि दक्ष जनशक्तिको उचित व्यवस्थापन गरेर सेवा प्रवाहलाई प्राथमिकता दिइएको उनले बताइन् ।

प्रतिष्ठानमा १० बेडको आईसीयू सञ्चालनमा छ । चारवटा नयाँ अपरेसन थिएटर सञ्चालनमा ल्याइएको छ । थप भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको उपकुलपति भण्डारीले जानकारी दिइन् ।

अत्याधुनिक प्रयोगशालादेखि थप १५ बेडको आईसीयू सञ्चालनको तयारी गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको सिनेटबाट अत्याधुनिक ४०० शय्याको अस्पताल बनाउने प्रस्ताव पारित भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro