site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
यो सफलताको सुरुआत मात्र हो...

काठमाडौं । आकांक्षा पलायो, उनले आँटिन् । चित्त नबुझ्नेले हतोत्साही गर्ने प्रयास गरे । तर, उनले हारिनन् । अन्ततः सपना साकार भयो । कीर्तिमान कायम भयो । नेपाली ओलम्पिकको इतिहासमा सफल खेलाडी बन्न सफल भइन् पलेसा गोभर्दन (पारातेक्वान्दो) । फरक क्षमताबाट आएकी पलेसालाई यति चाँडै सफलता मिल्छ भन्ने लागेको थिएन । तर, उनले चाँडै सपना चुमिन् । 
 
उनलाई हौसला र प्रेरणा दिलाउने हातहरुले कहिले हार्न दिएनन् । विद्यालयबाटै तेक्वान्दो खेलमा प्रवेश गरेकी पलेसाले खेल जीवनको सुरुवात भने कितावी पानाबाट गरिन् । पलेसा विद्यालय स्तरमा हुँदा अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘मार्सलआर्ट’ विधाको तेक्वान्दो रोजिन् ।

पलेसालाई सुरुमा पारा तेक्वान्दोको बारेमा जानकारी थिएन । उनलाई शिक्षकहरुले त्यसबारे जानकारी दिलाए । कक्षा पाँचमा पड्दा तेक्वान्दो खेलेकी पलेसाको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा तेस्रो दक्षिण एसियाली च्याम्पियनसिप भयो ।
 
उक्त च्याम्पियनसिप पलेसाले १३ वर्षको उमेरमा खेलेकी थिइन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको पाँच वर्षपछि उनलाई ओलम्पिक खेल्ने अवसर जुर्यो । वाइल्डकार्डबाट इन्ट्री पाएकी पलेसाले नेपाली खेलकुदमा नयाँ इतिहास रचिन् । 

पलेसाले पाराओलम्पिकतर्फ ‘४४ के’ अन्तर्गत प्रतिस्पर्धा गरिन् । स्वर्ण पदक जित्नबाट चुकेकी पलेसाले कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पराजित हुन पर्यो ।
 
र, पलेसा नेपाली ओलम्पिक इतिहासमा दुई फाइट जित्ने पहिलो नेपाली खेलाडी बनिन् । पहिलो खेलमा बेलायती खेलाडी मुनरो बेथसँग पराजित भए पनि रिपिचेजमा काश्य पदक भिडन्त सम्मको यात्रा तय गरेकी थिइन् । त्यसक्रममा उनले अमेरिका र सर्वियाका खेलाडीलाई हराएकी थिइन् ।

काश्य पदकका लागि पलेशाले चीनकी खेलाडी ली युजीविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । १२–९ को स्कोरमा पराजित भइन् । 

काश्य पदकका लागि भएको प्रतिस्पर्धामा पहिलो राउन्डमा ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा ५–० ले हारेपछि तेस्रो खेलमा ५–५ को बराबरी गरे पनि समग्रमा १२¬–९ को स्कोरमा हारेकी थिइन् ।
 
“विश्व वरीयताकै दोस्रो स्थानमा रहेकी युजीविरुद्धको खेल मेरो लागि सहज भने थिएन । पहिलो राउन्डमा अग्रता बनाएपछि केही आशा थियो । तर, एकपटक लडेपछि मेरो अंक काटियो त्यसपछि युजीले जित निकाल्न सफल भइन्,” पलेसाले मन अमिलो पारिन् । 


 
पलेसाले चौथो एसियन च्याम्पियनसिपमा भने ब्रन्ज मेडल जित्न सफल भएकी थिइन् । त्यसपछिको उनको ओलम्पिक नै अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसमा उनले उत्कृष्ट प्रदर्शन गरिन् । पलेसा आफूले गरेको उत्कृठ प्रदर्शनमा सन्तुस्ट छैनन् तर, उनलाई आगामी दिनमा सफलता मिल्ने कुरामा भने पूर्ण विश्वास छ । 

“कम तयारी थियो । तर, मलाई पूर्ण विश्वास थियो । सबैले म माथि विश्वास गरेका थिए । मैले स्वर्ण जित्न भने सकिनँ । तर कास्यका लागि भएको प्रतिस्पर्धामा मेरो मिहिनेत पुगेन । अब आउने प्रतियोगितामा भने धेरै तयारी गरेर जाने योजना बनाएकी छु,” पलेसाले भनिन् । 

पलेसा आफ्नो प्रदर्शनलाई तिखार्दै जाने र नयाँ सफलताको लागि तयार हुने योजनामा छिन् । उनलाई ओलम्पिकले खेल प्रदर्शन र नयाँ अनुभवका लागि धेरै सहयोग पुर्यायो । भलै उनले सफलता हात पारिनन् तर, उनी अर्काे चुनौतीका तयार छिन् । 
भनिन्छ, मानिसलाई मिहिनेत र पूर्ण आत्मविश्वासले सफल बनाउँछ । कुनै लक्ष्य लिएपछि मानिसलाई सफल बनाउन आत्मविश्वास पनि चाहिन्छ । पलेसाको हकमा पनि अहिले आत्मविश्वास बडेको छ । सानो उमेरमा पाएको सफलताले आगामी यात्रा सफल बन्ने उनको बुझाइ छ ।
 
“नयाँ चुनौतीका लागि म तयार छु । अब कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु परेमा कम तयारीका कारण असफल हुनु नपरोस् भन्ने मेरो बझाइ छ । त्यसैले आजैदेखि मैले सोही अनुसारले तयार पारेकी छु । सबैको हौसलाले मलाई आत्म विश्वासी बनाएको छ,” पलेसाले भनिन् ।

पलेसा अहिले आफूजस्तै फरक क्षमता भएका व्यक्तिहरुका लागि उदाहरण बनेकी छन् । उनले पाएको सफलताले पारा खेलकुदमा लाग्ने सबैको मनोबल बड्ने छ । पलेसाको चाहना पनि तेक्वान्दो या खेल नभई सबै ठाउँमा फरक क्षमता भएका व्यक्तिहरु आउन् भन्ने चाहना छ । 

पलेसा मुस्कुराउँदै भन्छिन्, “इच्छा र चाहना राख्नुपर्छ गर्न नसकिने केही छैन भन्ने मलाई लामग्न थालेको छ । पारा खेलकुदमा आउन चाहने व्यक्तिले इच्छा, चाहनासहित लगाव पनि राख्नु पर्छ । सफलता आवश्य हात पर्नेछ ।”
 
पलेसा अहिले आफ्नो कुराहरु सबैले सुनिदिने वातावरण भएकोमा खुसी छन् । उनलाई हाल सम्मान गर्ने र हौसला दिने व्यक्तिको कमी छैन । यही हौसला र प्रेरणाले नै आगामी दिनमा सफलता मिल्ने उनको विश्वास छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro