देश
काठमाडौं । बैतडीमा गुडिरहेको बसमा ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान पाटन नगरपालिका–८, झ्याउलेखस्थित सडकमा महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोको कारण ढुंगा खस्दा एकजनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसमा सवार बझाङ थलारा गाउँपालिका–५ बस्ने १८ वर्षीय अर्जुन नेपालीको आज बिहानै घटनास्थलमै मृत्यु भएको हो ।
ढुंगा खसेर लाग्दा तीनजना घाइते छन् । प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८ १३:४७
प्रतिक्रिया दिनुहोस्