site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डडेलधुराको वडाअधिवेशन पौडेल पक्षबाट अस्वीकार : पुनः अधिवेशन गर्न माग 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले डडेलधुराको वडा अधिवेशन प्रक्रिया विपरित भएको भन्दै अस्वीकार गरेको छ । पौडेल पक्षका नेताहरुको पार्टी कार्यालयमा बसेको बैठकले प्रहरी बलमा गरेको अधिवेशन अस्वीकार गर्ने निर्णय गरी विज्ञप्ति जारी गरेको हो ।
 
“कांग्रेसका डडेलधुरा जिल्ला सभापति र कार्यसमिति कै सहभागिता र सहमतिलाई निषेध गरी कांग्रेस सभापतिले नै दिनुभएको बचन विपरित राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रुपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको छ,” पौडेल पक्षको विज्ञप्तिमा भनिएको छ, “यो अमान्य छ, त्यसैले यसको हामी घोर भर्त्सना गर्दछौं र यथाशिघ्र विधि र प्रक्रिया अनुसार नेतृत्त्व चयनका लागि पुनः निर्वाचन होस् भन्ने जोडदार आग्रह गर्दछौं ।”

विज्ञप्तिमा ‘डडेलधुरा काण्ड’सँगै देशभरका अधिवेशनमा संस्थापनका गतिविधिले नेपाली कांग्रेसको साढेसात दशक लामो इतिहास र कांग्रेसको मान्यता र परम्परामा कहिल्यै नभोगिएको तिक्त घटना भोग्नुपरेको भन्दै त्यसले इमान्दार कार्यकर्तालाई तनाव दिएको बताइएको छ ।
 
पौडलपक्षले १४औं महाधिवेशनको शिलसिलामा देखिएको अवैधानिक र अलोकतान्त्रिक गतिविधिबाट महाधिवेशन निष्पक्ष हुन्छ भन्ने कुरामा गम्भीर आशंका पैदा भएको बताएको छ । “क्रियाशील सदस्यता वितरणमा डडेलधुरालगायत  अधिकांश जिल्लामा पार्टी प्रवेशका नाममा निर्धारित विधि, प्रकृया र मापदण्ड विपरित फर्जी नाम समावेश गर्ने, प्रक्रियासम्मत तलैबाट आएका नामहरु केन्द्रबाटै थपघट एवं हेरफेर गर्ने र क्रियाशील सदस्यता विवाद समाधान नै नगरी नेताहरुको सहमति र संलग्नता वेगर नै प्रहरी प्रशासनको आडमा वड़ा अधिवेशन भयो भनिनु चरम अराजकता र मनपरितन्त्र हो,” विज्ञप्तिमा भनिएको छ, “यसक्रममा डडेलधुरा मात्र होइन सुनसरीलगायत मुलुकका अन्य कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएका खबरहरु आइरहेका छन् ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पौडेल पक्षले विधि–विधान विपरित अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर विवाद देखिएको भन्दै संस्थापन पक्षको गैरजिम्मेवारी, मनपरी र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखापरेको बताएको छ । 

“मुलुकको संविधान, पार्टीको मर्यादा र परम्परामा बलमिच्याई हुन थाल्यो भने पार्टी, लोकतन्त्र, स्वच्छ राजनीतिक वातावरण दूषित र कमजोर भएर जाने सभावना हामीले देखिरहेका छौं,” पौडेल पक्षले भनेको छ, “यसलाई नेतृत्त्वले निष्पक्ष र न्यायोचित तरिकाले समाधान गर्नु पर्ने अनिवार्य आवश्यकता र जिम्मेवारी हो ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro