काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
गएको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि समेत ५ प्रतिशत नगद लाभांश गरेर कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि असोज १८ गते वार्षिक साधारणसभा डाकेको छ ।
कम्पनीले साधरणसभा प्रयोजनको लागि असोज ५ देखि १८ गतेसम्मको लागि सेयरधनी दर्ता किताब बन्द गरेको छ । जसअनुसार असोज ४ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।