काठमाडौं । इटालीले शानदार जितसहित नयाँ कीर्तिमान बनाएको छ । विश्वकपको युरोपियन छनोटमा बुधबार राति इटालीले लियुनियालाई ५–० गोल अन्तरले पराजित गर्दै नयाँ कीर्तिमान बनाएको हो ।
इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।
इटालीलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । त्यस्तै गिभानी डी लोरेन्जो, जियाकोमो रासपाडोरी एक एक गोल गरे । अजुरीले एडगारस उत्कुसको एक आत्मघाति गोल उपहार पाएको थियो ।
इटालीले पछिल्लो हप्तानै सर्वाधिक अपराजित टिमको कीर्तिमान ब्राजिलसँग बराबरी गरेको थियो । ब्राजिल सन् १९९३ देखि १९९६ सम्म ३६ खेलमा अपराजित रहेको थियो । इटालीले राष्ट्रिय टिमको इतिहासमा पहिलो पटक ३० मिनेटभित्र चार गोल गरेको हो ।
सन् २०१८ मा नेसन्स लिगमा पोर्चुगलसँग पराजित बनेपछि इटाली अपराजित छ ।