site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महामारीले रोकिएको राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु हुँदै

काठमाडौं । कोभिड-१९ का कारण स्थगन भएको १२औँ श्रृङ्खलाको राष्ट्रिय जनगणना आगामी कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले बुधबार गरेको पत्रकार सम्मेलनमा महानिर्देशक नेविन लाल श्रेष्ठले जनगणनाका लागि ३९ हजार गणक र साढे ८ हजार जना सुपरीवेक्षक रहने बताए ।

७० लाख घरपरिवार र ३ करोड जनसंख्याको गणना हुने अनुमान गरिएको पनि उनले बताए । जनगणना कार्यका लागि सातै वटा प्रदेश कार्यालय र सबै जिल्लामा गरी ८० वटा जिल्ला जनगणना कार्यालय संचालनमा ल्याइसकिएको छ ।

जनगणना कार्यमा खटिने सबै गणक एवम् सुपरीवेक्षकहरूलाई कोरोनाविरुद्धको खोप लगाइने राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताए ।

यस पटकको जनगणनामा ८० वटा प्रश्नावली समेटिएको छ । यसअघिका जनगणनामा नसमेटिएका १२ वटा प्रश्नावली यसपटक थपिएको महादिर्नेशक श्रेष्ठले बताए । थपिएको प्रश्नावलीमा घरको प्रयोजन, हरेक परिवारमा बैंक खाता भए वा नभएको ? बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए वा नलिएकोलगायतका रहेको श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु गरेर मंसीर ९ गते सम्पन्न हुने विभागले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro