देश
काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयमा राजाको बग्गी सार्वजिनक गरिएको छ । २०३१ सालमा बेलायतकी महारानी एलिजाबेथले राजा विरेन्द्रलाई उपहार दिएको बग्गी प्रदर्शन गरिएको हो ।
नारायणहिटी दरबार सङ्ग्रहालय कार्यकारी निर्देशक भेष नारायण दाहालका अनुसार यो बग्गी स्वर्गीय राजा विरेन्द्रले प्रयोग गरेका थिए ।
‘‘आजभन्दा अगाडि नेपाली सेनाको क्यापले जहाँ घोडा तबलाको राम्रोसँग व्यवस्थापन हुन्छ त्यहाँ यो बग्गी व्यवस्थित तरिकाले राखिएको थियो । अहिले सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको हो । उक्त बग्गी बेलायतमा बनेको हो,” उनले भने, ‘‘नेपाली सेनाले सङ्ग्रहालयलाई हस्तान्तरण गरेको उपलक्ष्यमा र राजाको झल्को दिने हेतुले प्रदर्शन गरिएको हो ।”
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८ १६:०२
प्रतिक्रिया दिनुहोस्