site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीकै जिल्लामा निर्मला हत्याकाण्डजस्तै अर्को अस्मिता हत्याकाण्ड

काठमाडौं । गएको असार ५ गते डडेलधुराको परशुराम नगरपालिका–८ घर भई सोही स्थानमा रहेको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कार्यालय सहयोगी २५ वर्षीया अस्मिता धामी मृत अवस्थामा फेला परिन् ।

असार २ गते बिहान जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्य सामग्रीहरू लिएर जोगबुढा अस्पतालमा बुझाउन हिँडेकी अस्मिता ५ गते परशुराम नगरपालिका–९ स्थित हट्टवानी सामुदायिक वनको जंगलमा मृत भेटिएकी हुन् । उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्या भएको साढे दुई महिना पुगिसक्दा पनि प्रहरी अभियुक्तसम्म पुग्न सकेको छैन । हालसम्म कोही पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डीएसपी महेन्द्र नेपाल प्रहरी अनुसन्धानमा सक्रिय रहेको बताउँछन् ।

उनले भने, “अहिले नै भन्नलायक केही छैन । केही कुरा परीक्षणका लागि ल्याबमा पठाएका छौँ । रिपोर्ट आइसकेको छैन । अनुसन्धानमा जिप्रका डडेलधुरा, प्रदेश प्रहरीलगायत टोली सक्रिय छ । प्रारम्भिक रूपमा हेर्दा हत्या भएको जस्तो देखिन्छ ।”

असार २ गते स्वास्थ्य सामग्री बोकेर हिँडेकी अस्मिता साँझसम्म सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो । असार १ गते सो क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

उनको खोजी गर्ने क्रममा जोगबुढा आउने बाटोनजिकै रहेको खोल्सोमा मृत अवस्थामा लास फेला परेको अस्मिता हत्याकाण्ड न्यायका लागि संघर्ष समितिका सदस्य जेबुवा धामीले बताए ।

मृतक अस्मिता धामीको अनुहारमा कीरा परेको, कपडा लगाएकै अवस्थामा फेला परेको, लासको नजिक २१ फिट टाढा भ्याक्सिन क्यारिएर बक्स रहेको, दायाँ–बायाँ खुट्टाको रातो रङको चप्पल लास रहेको स्था नजिक छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।

घटनास्थलनजिकै रक्सीको खाली बोतलसमेत फेला परेको थियो । प्रहरीका अनुसार असार ६ गते घटनास्थलनजिक अस्मिताले नाकमा लगाउने नथिया, कानमा तागउने टप, दुईवटा दाँत र हड्डीको सानो टुक्रा फेला परेको थियो ।

यस्तै, असार ७ गते डेवरी खोलामा अस्मिताको शव भेटिएको स्थानभन्दा केही पर अस्मिता धामीले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा फेला परेको थियो ।

पोस्टमार्टम रिपोर्टबाट हत्याको कारण यकिन भएको छैन । उनको शरीरबाट भेजिनल स्वाब र भिसेरा परीक्षणका लागि हड्डी निकालिएको प्रहरीले जनाएको छ ।

डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । ०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डजस्तै अभियुक्त पत्ता नलाग्ने हो कि भन्ने आशंका स्थानीयमा छ । संघर्ष समितिका सदस्य जेबुवा धामी आफूहरूले अनुसन्धान प्रभावित नहोस् भन्नका लागि आन्दोलन नगरेको भन्दै यही भदौ २४ गतेसम्म पनि अभियुक्तको पहिचान नभए संघर्षमा उत्रिने चेतावनी दिए ।

उनका अनुसार असार २ गते अस्मिता सम्पर्कविहीन भएको र ३ गते सोही गाउँका एकजनाले आत्महत्या गरेकाले प्रहरीले आत्महत्या गर्ने व्यक्तिबाटै घटना भएको हुन सक्ने आशंका गर्दै आएको छ । आफूहरूले भने अनुसन्धानको दायरामा अरूलाई समेत ल्याउन माग गर्दै आएको धामी बताउँछन् ।

प्रहरीले अस्मिताको रहस्यमयी मृत्युलाई हत्या भन्दै आएको भए पनि अनुसन्धानमा अन्य प्रगति हुन नसकेको स्थानीयको आरोप छ । प्रहरीले भने ल्याबको रिपोर्ट कुरिरहेको जनाएको छ ।

प्रहरीले शंकास्पदसँग सोधपुछलगायत काम गरिररहेको छ । रिपोर्ट आइसकेपछि अनुसन्धानमा थप सहजता आउने प्रहरी अधिकारीहरूको विश्वास छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro