site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकास बैंकको निक्षेप भदौ लागेपछि घट्दै, कर्जा लगानी भने लगातार बढ्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनमा विकास बैंकहरूको कर्जा लगानी १.६१ प्रतिशत र निक्षे १.५४ प्रतिशतले बढाएका छन् । डेभपमेन्ट बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ साउन मसान्तसम्म विकास बैंकहरूको कुल निक्षेप ४ खर्ब ८८ अर्ब ८४ करोड र कुल कर्जा लगानी ४ खर्ब २२ अर्ब ८१ करोड पुगेको छ । ०७८ असार मसान्तको तुलनामा साउन लागेपछि मुक्तिनाथ विकास बैंकले निक्षेप ४ अर्ब ४५ करोड (४.८४ प्रतिशत) र कर्जा लगानी २ अर्ब ५५ करोड (३.३२ प्रतिशत) ले बढाएको छ । बैंकको कुल निक्षेप ९६ अर्ब ३० करोड र कुल कर्जा लगानी ७९ अर्ब २३ करोड पुगेको छ । 

यता चालु आर्थिक वर्षको पहिलो महिनामा गरिमा विकास बंैंक ज्योति विकास बैंक र सिन्धु विकास बैंकको भने निक्षेप घटेको छ । गरिमा विकास बैंकको निक्षेप ९१ कोड (१.३७ प्रतिशत) ज्योति विकास बैंकको निक्षेप २ अर्ब ( ३.८३ प्रतिशत) र सिन्धु विकास बैंकको निक्षेप ११ करोड (२.६५) प्रतिशतले घटेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

चालु आर्थिक वर्ष लागेपछि लगानीमा रहेको कर्जा घट्नमा ज्योति विकास बैंक मितेरी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेको छ ।  साउनमा ज्योति विकास बैंकको कर्जा लगानी १ अर्ब २१ करोड (२.६३ प्रतिशत), मितेरी डेभलपमेन्ट बैंकको ९ करोड (१.८१ प्रतिशत) र सिन्धु विकास बैंकको करिब १७ करोड (४.५६) प्रतिशतले कर्जा घटेको छ । साउन महिनामा विकास बैंकहरूले ७ अर्ब ४३ करोडले निक्षेप र ६ अर्ब ७० करोडले कर्जा बढाएका हुन् । नारायणी डेभलमेन्ट बैंक, सलपा विकास बैंक र सहारा विकास बैंकको भने विवरण प्राप्त नभएको डेभलपमेन्ट बैंकर्स संघले जनाएको छ ।

 

Royal Enfield Island Ad

साउन महिनामा निक्षेप र कर्जा दुवै बढाएका विकास बैंकहरूको भदौ लागेपछि भने निक्षेप घट्न लागेको छ । सरकारको बजेट खर्च हुन नसकेको तर राजस्व संकलन भइरहँदा बैंकिङ प्रणालीबाट निक्षेप भने घट्न लागेको हो ।
 
भदौ ५ गते ४ खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रहेको विकास बैंकहरूको कुल निक्षेप साउन ११ गते आउँदा एक सातामा २ अर्ब २३ करोड ६० लाख (०.४६ ) प्रतिशतले घटेर ४ खर्ब ८७ अर्ब १४ करोड १२ लाखमा झरेको छ । तर, सोही अवधिमा बैंकहरूको कर्जा लगानी ४ खर्ब २६ अर्ब ८९ करोड ८५ लाखबाट २ अर्ब ४४ करोड ८७ लाख (०.५७) प्रतिशतले बढेर ४ खर्ब २९ अर्ब ३४ करोड ७२ लाख पुगेको छ । 

पछिल्लो एक सातामा कर्जा वृद्धि राष्ट्रिय स्तरका विकास बैंककोभन्दा क्षेत्रीय स्तरका विकास बैंकको बढी रहेको छ भने निक्षेप पनि राष्ट्रिय स्तरका विकास बैंककोभन्दा क्षेत्रीय स्तरका विकास बैंकको बढी घटेको छ । राष्ट्रिय स्तरको विकास बैंकको निक्षेप ०.४२ प्रतिशतले गिरावट हुँदा कर्जा ०.५४ प्रतिशतले बत्रढउको छ । यस्तै, क्षेत्रीय स्तरका विकास बैंकको निक्षेप ०.६५९ प्रतिशतले घट्दा कर्जा लगानी भने ०.७५ प्रतिशतले बढेको छ ।

भदौ ५ गते ४ खर्ब १६ अर्ब ४५ करोड ८ लाख रहेको राष्ट्रिय स्तरका विकास बैंकको निक्षेप १ अर्ब ७३ करोड ३० लाखले घटेर ४ खर्ब १४ अर्ब ७१ करोड ७८ लाखमा झरेको छ । सोही अवधिमा कर्जा लगानी भने ३ खर्ब ६० अर्ब ५८ करोड ५५ लाखमा १ अर्ब ९५ करोड २६ लाखले बढेर ३ खर्ब ६२ अर्ब ५३ करोड ८० लाख पुगेको छ । 

उक्त अवधिमा क्षेत्रीय स्तरका विकास बैंकहरूमा ७२ अर्ब ९२ करोड ६४ लाखमा ५० करोड ३० लाखले घटेर ७२ अर्ब ४२ करोड ३३ लाखमा झरेको छ । यस्तै, कर्जा लगानी भने ६६ अर्ब ३१ करोड ३१ लाखमा ४९ करोड ६१ लाखले बढेर ६६ अर्ब ८० करोड ९२ लाख पुगेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro