site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरको ८ करोड राजस्व गायब !
SkywellSkywell

पाेखरा । पोखरा महानगरपालिकाको झण्डै ८ करोड रुपैयाँ राजस्व गायब भएको छ । राजस्व सङ्कलन खातामा देखाइएको रकम र आम्दानी देखाइएको रकममा ७ करोड ८१ लाख रुपैयाँको फरक छ ।

गत वर्ष पनि पोखरा महानगरपालिकामा १३ करोड रुपैयाँ राजस्व गायब भएको थियो । महालेखाको ०७५/७६ को प्रतिवेदनअनुसार महानगरपालिकामा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको थियो भने कोषमा भने १ अर्ब २६ करोड मात्रै दाखिला भएको थियो ।

१३ करोड राजस्व गायब भएको भनेर गत साल पनि महानगरको राजस्वबारे महालेखाको प्रतिवेदनले कैफियत उठाएको थियो ।

KFC Island Ad
NIC Asia

महालेखाले उक्त राजस्व छानबिन गर्न पनि भनेको थियो । पछि महानगरपालिकाले ११ करोड २८ लाख ६९ हजार रुपैयाँ राजस्व मिलान गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको प्रतिवेदनझैँ यसपटक पनि पोखरा महानगरपालिकाको झण्डै ८ कराेड राजस्व गायब भएको छ । गायब भएको राजस्वको छानबिन गर्न पनि महालेखाले सुझाव दिएको छ ।

Royal Enfield Island Ad

मिलान गरेको ११ करोड २८ लाखसहित आ.व. ०७६/७७  मा महानगरले कुल १ अर्ब ३५ करोड राजस्व उठाएको थियो । तर, आम्दानीमा भने १ अर्ब २७ करोड रुपैयाँ मात्र देखाएको छ ।

“गत वर्षको महानगरको अन्तिम लेखापरिक्षण प्रतिवेदनमा बैंक दाखिला गरेको रकम भन्दा राजस्वको सफ्टवेयरमा रु १३ करोड १ लाख ८१ हजार फरक देखिएकोमा प्रतिक्रियाबाट आ.व. ०७६/७७ मा दाखिला भएको भनि रु ११ करोड २८ लाख ६९ हजार मिलान गरेको देखिन्छ । तर, आ.व. ०७६/७७ को सञ्चित कोषको विवरण अनुसार उक्त रकम आम्दानी बाँधेको प्रमाण देखिँदैन । यस वर्षको राजस्वको सफ्टवेयरमा कुल रु १ अर्ब २३ करोड ७२ लाख ४१ हजार रुपैयाँ उठाएको देखिएकोले गत वर्षको यस वर्ष दाखिला गरेको उल्लेख गरेको ११ करोड २८ लाख ६९ हजार रुपैयाँ थप गर्दा कुल १ अर्ब ३५ करोड १ लाख ११ हजार आम्दानी हुनुपर्थ्याे । तर, यस वर्ष राजस्व सङ्कलन खातामा १ अर्ब २७ करोड २० लाख ५ हजार रुपैयाँ मात्र आम्दानी देखाइएको छ,” प्रतिवेदनमा भनिएको छ ।

राजस्वमा फरक परेको उक्त रकमबारे छानबिन गर्न महालेखाले सुझाव दिएको छ ।

“सात करोड ८१ लाख ६ हजार रुपैयाँ फरक परेको देखिन्छ । यस सम्बन्धमा महानगरले छानबिन गर्नुपर्दछ,” प्रतिवेदनमा भनिएको छ ।

नाेट : यसअघि समाचारकाे हेडलाइनमा ८ कराेड हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro