अर्थ व्यवसाय
काठमाडौं । वात्सल्य आफ्नो सेवाको पाँचौँ वर्षमा प्रवेश गरेको छ ।
कृष्ण जन्माष्टमीको दिनबाट सेवा प्रवाहको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा वात्सल्यले भदौ मसान्तसम्म प्रजनन जाँचका लागि आउने दम्पतीका लागि निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउने भएको छ ।
सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतीका लागि यस निःशुल्क योजनाले आधुनिक प्रजनन सेवासम्बन्धी बुझ्न र सन्तान प्राप्तिको सम्भावना पहिल्याउन मद्दत पुर्याउने विश्वास लिएको वात्सल्यले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८ १३:०४
प्रतिक्रिया दिनुहोस्